बर्नीले गरे बाइडनको समर्थन, अब दौडने भयो 'अमेरिकी गधा'

अमेरिकी राजनीतिमा सोमबार एक महत्वपूर्ण प्रगति भएको छ। डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वारीको दौडमा बाँकि रहेका एक मात्र उम्मेद्वार जो बाइडनलाई उनका अन्तिम प्रतिस्पर्धी बर्नी समर्थनले समर्थन गरेका छन्।

डेमोक्रेटिक पार्टीमा मध्यपन्थी संस्थापन धारका बाइडनलाई प्रगतिशील धारका बर्नीको यो समर्थनले ठूलो महत्व राख्दछ। 

बर्नीले आफ्नो र बाइडनको चुनावी क्याम्पेनले विषयगत कार्यदल बनाएर असहमति रहेका विषयमा एक सहमतिको प्याकेज बनाउने र त्यही मुद्दाका आधारमा चुनावमा होमिने बताए । उनले ती मुद्दाहरूमा गृहकार्य भैरहेको बताउँदै ट्रम्पलाई एक कार्यकालको राष्ट्रपतिमा सिमीत राख्न आफू जे गर्न पनितयार रहेको बताए ।

बर्नीको समर्थन पाएपछि उत्साहित हुँदै बाइडनले बर्नीका एजेण्डाहरूको प्रशंसा गरे। उनले अगाडि भने, 'बर्नीले हामी सबैलाई ती खास अमेरिकी जनता एजेण्डामाथि सोच्न बाध्य बनाए।' बर्नीको समर्थनले ठूलो महत्व राख्ने बताउँदै बाइडनले सहकार्यका लागि अनुरोध पनि गरे। 

आगामी नोभेम्बर ३ मा अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपतिका रूपमा बाइडन र ट्रम्पमध्ये एकलाई छान्ने छ। कोरोना कहर प्रवेश नगरेको भए यतिबेला अमेरिकामा चुनावी पारो माथि पुगेको हुन्थ्यो। तर, कोरोना कहर प्रकाशमा आउँदा अहिले संसारकै शक्तिशाली राष्ट्रपति छान्ने चुनाव छाँयामा परेको छ।

सोमबार जो बाइडनको चुनावी क्याम्पेनले आयोजना गरेको लाइभस्ट्रिममा सहभागी भएर बर्नीले बाइडनलाई समर्थन गरेका हुन् । चार दिनअघि चुनावी क्याम्पेन स्थगित गर्दा बर्नीले ट्रम्पलाई हराउन सबैमा सहयोगको आग्रह गरे पनि बाइडनको समर्थन भने गरेका थिएनन्।उनले आफ्नो डेलिगेट्स संख्यालाई कायम राख्दै डेमोक्रेटिक नेशनल कनेन्भेन्सनमा पुग्ने र त्यहाँ प्रगतिशील एजेण्डाका लागि सौदाबाजी गर्ने संकेत गरेका थिए। त्यही क्रममा कन्भेन्सनमा धेरेभन्दा धेरै संख्यामा प्रगतिशील खेमाका डेलिगेट्स आउनका लागि पनि आग्रह गरेका थिए ।

बर्नीको यो आग्रहलाई लिएर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा बर्नीले स्लिपी जो लाई समर्थन नगरेका मात्रै भनेनन्, बर्नीले क्याम्पेन नै निलम्बन नगरेको ब्याख्या गरेका थिए।

तर, बर्नीले सोमबार लाइभस्ट्रिममा ट्रम्पको कडा शव्दमा आलोचना मात्र गरेनन्, उनलाई हराउन बाइडनलाई समर्थन गरेको बताएर ट्रम्पको तावाको तातो रोटीलाई चिसो पनि बनाइ दिएका छन्। 

आगामी नोभेम्बर ३ मा अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपतिका रूपमा बाइडन र ट्रम्पमध्ये एकलाई छान्ने छ। कोरोना कहर प्रवेश नगरेको भए यतिबेला अमेरिकामा चुनावी पारो माथि पुगेको हुन्थ्यो। तर, कोरोना कहर प्रकाशमा आउँदा अहिले संसारकै शक्तिशाली राष्ट्रपति छान्ने चुनाव छाँयामा परेको छ।

अब भने चुनाव नजिकिदै गएको र उम्मेद्वार पनि दुईजना मात्र बाँकि भएकाले कोरोनाको कहरबीच पनि चुनावी माहौल तातिने देखिएको छ। हिजो मात्र ट्रम्प क्याम्पेनले बाइडन चिनिया समर्थक रहेको एक नेगेटिव क्याम्पेन चलाएको छ। तर, बर्नीले बाइडनलाई समर्थन गरेको विषय प्रकाशमा आएपछि त्यो नेगेटिव क्याम्पेन पनि यसै अप्रासंगिक भएको छ। 

प्रकाशित मिति: : 2020-04-14 06:55:14

प्रतिकृया दिनुहोस्