बलिउडका प्रतिभाशाली अभिनेता इरफान खान पहिले क्रिकेटर बन्न चाहन्थे। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा उनको नाम पनि छनोट भइसकेको थियो तर उनी अगाडी बढ्न सकेनन्।
सन् २०१४ मा टेलिग्राफलाई दिएको अन्तर्वार्तामा इरफानले स्विकार गरेका थिए, जति बेला उनी युवा थिए, उनी क्रिकेटर बन्न चाहन्थे। बीसीसीआईले सीके नायडू ट्रफीका लागि उनको नाम पनि छनोट गरेको थियो। तर, ६ सय रुपैयाँ नहुँदा उनले यो प्रतियोगितामा भाग लिन पाएनन्। यसपछि उनको क्रिकेटर बन्ने सबै सपना बीचैमा तुइएको थियो।
प्रतियोगिता खेल्न उनलाई अर्को शहर जानुपर्ने थियो। तर, उनीसँग पैसा थिएन।
उनले अन्तर्वार्तामा भनेका थिए, ‘म क्रिकेटर बन्न चाहन्थे। अलराउन्डर थिए र जयपुरको टिममा सबैभन्दा कान्छो सदस्य थिए। सीके नायडू प्रतियोगिताका लागि मेरो नाम छनोट भएको थियो। तर मसँग पैसा थिएन यसपछि मलाई लाग्यो–क्रिकेटलाई अगाडी लैजान सकिन्न।’
उनलाई नयाँ दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा भर्ना लिन ३ सय रुपैयाँ आवश्यक परेकाे तर त्याे पनि दिदीले तिरिदिएको बताए। उनले बेलैमा क्रिकेट छोड्ने निर्णय ठिक भएको बताए। ‘पुरै देशमा ११ जनाले मात्र क्रिकेट खेल्न सक्छन्। तर, अभिनयमा कुनै घेराबन्दी हुँदैन। यस्तै अभिनयमा उमेरको पनि पाबन्दी हुँदैन। जति मिहिनेत गर्यो, त्यति अगाडी बढ्न सकिन्छ।’ इरफानकाे बुधबार ५४ वर्षकाे उमेरमा मुम्बईमा भयाे।