यो छोटो जिन्दगीको,
लामो धागो र केही थान प्रहरका
कुरुस बोकेर काँपिरहेको मेरो कर्णालीलाई
सुइटर बुन्न भनी म कुनै बेला शहर पसेको हुँ !
तर देख्दै छु -
यी शहरका रहरहरु प
देखेरै होला सायद यो प्रहर पनि
घटघट घटघट जहर पिउन तम्तयार छ ।
तिम्रा
सातामा बदलिने नाताहरु
र पैसामा साटिने बैंसहरु
बताइदेउ ए! शहर
के मेरा कर्णालीका बिकृती भन्दा बढी
सभ्य देखिन्छन र ?
पाखा सर्दा छोरीले
छोएको नखाने बाबूलाई
शहर तिमीले
अशिक्षित घोषणा गरिदियौ,
के आज समाज अगाडि देखाउन सक्छौ
ए ! सर्टिफिकेट,
कि आफ्नै छाेरी बलात्कार गर्ने शहरीया बाउ
कत्तिको शिक्षित थियो भनेर।
फुक्नेले फुकिदिए
कर्णालीमा चरम भोकमरी छ भनेर
तर कहिल्यै तिमीले खेल्यौ -
मार्सी फल्ने खेतका रोपाइँमा
भुरल्ली कानमा राखी कोठिका खेलहरु !
कर्णालीमा सम्भावना
र अबसर छैन भन्नेहरुले -
देख्यौ कहिल्यै
रारा तालमा पौडिरहेका चहकिला डलरहरुलाई !
कहिल्यै पुगेनन् उज्यालो मैनबत्ति बनेर
कर्णाली शिक्षित छैन भन्नेहरु !
फेरि कहिल्यै फर्केनन
कर्णाली झुल्काउन भनेर
मिरमिरेमा सपना बोकाएर
शहर पठाएका सुर्यहरु !
आज म एक अञ्जुली भरी
मेरो कर्णाली लिएर
अबेरसम्म सुमसुम्याइरहेछु !
र लागिरहेछ-
कर्णाली स्वतन्त्र रुपमा बग्न पाएकै रहेनछ !
अझै पनि
यहाँ विभिन्न शीर्षकमा
बगाइएको छ मेरो कर्णालीलाई ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया