याे अमेरिका वा कतार हाेइन, नेपालीहरुको उद्दार भने जस्तो सजिलो छैन: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरुको उद्दार भने जस्तो सजिलो नभएको बताएका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाल अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको पनि बताए।

 ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने ४ लाख ल्याउनु एउटै होइन,’उनले भने।

विदेशमा रहेका नेपालीहरुलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो भएको उनले बताए। प्रधानमन्त्री ओलीले भने, ‘ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं।’

आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले सुनाए। साथै समस्यामा परेका नेपाली नागरिकहरुलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको बताए।
 

प्रकाशित मिति: : 2020-05-19 15:11:18

प्रतिकृया दिनुहोस्