आइतबार, १४ सेप्टेम्बर २०२५

आजतकका पत्रकार पंकज भन्छन्, ‘मनिषामाथि भारतीय टेलिभिजनले प्रयाेग गरेकाे शब्दले चोट पुर्‍यायाे’

News Image
• • •

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ। यसमा थुप्रै नेपाली खुसी भएका छन्। 

खुसी हुनेमा मध्य एक हुन अभिनेत्री मनिषा कोइराला। नेपाली मूलकी बलिउड नायिका कोइरालाले यो कदमको समर्थन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि–ट्विट गरिन्। मनिषाको यो ट्वीटमा भारतीय मिडियहरुले आलोचना गर्दै दिन बिताइरहेका छन्। 

मनिषले खासमा त्यस्तो केही लेखेकी थिइन्,जसको समाचार नै बनोस् वा आलाेचना नै गर्न पराेस्। उनले लेखेकी थिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ। एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ। चीनको इशारामा मनिषाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।

याे पनि–प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे- सिंगो नेपाल र नेपालीजन मनिषाकाे साथमा

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो। तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन्। नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।

तर आजतकका पत्रकार पंकज दासले भने एबीपी टेलिभिजनमा प्रशारित यो कुराको बिरोध गरेका छन्। उनले भनेका छन्,‘कुनै पनि कलाकारका लागि उसको कलाको ठाउँ हुन्छ तर देशको नागरिकको रूपमा उसको कर्तव्य उसको ठाँउ हो।’

याे पनि–मनिषाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरेछन् : पूजा

उनले एबीपी न्यूजका पत्रकार र सहभागि अतिथिले प्रयोग गरेको भाषा असभ्य भएको भन्दै उक्त भनाइले चोट पुर्‍याएको बताएका छन्। ‘एबीपी न्यूजको असभ्य टिप्पणीले हामी सबैलाई चोट पुर्‍याएको छ,’उनले लेखेका छन्,‘सबैको विचारलाई सम्मान गर्दै दिनरात बहस गर्ने यो च्यानलबाट यो अपेक्षा गरिएको थिएन।’

याे पनि– मनिषालाई लघुकथा सुनाउँदै सुष्मा स्वराजका श्रीमानले भने– नेपाललाई तल झार्ने काम गर्नुभयाे

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!