शुक्रबार, ०२ जनवरी २०२६

कराँची विमान क्र्यासः मृतककाे संख्या ५७ पुग्याे, दुई जना जिवित रहेकाे पुष्टि

News Image
• • •

पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटना परि ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ। 

यसमा छ वर्षको बच्चा र वरिष्ठ पत्रकार अन्सारी नकवी पनि रहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन्। तर, ज्यान गुमाउनेहरु यात्रुका हुन् वा कराँची एयरपोर्टको नजिक रहेको मोडल कोलनी आवासीय क्षेत्रमा बसोबास गर्ने व्यक्ति हुन पुष्टि हुन सकेको छैन।

उक्त विमानमा सवार बैंक अफ पञ्जाबका अध्यक्ष जफर मसूद र जुबैरले आफू सुरक्षित रहेको बताएका छन्। विमानमा सवार अन्य यात्रुहरुको अवस्था अज्ञात हुँदा मर्नेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताए।

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो।

उक्त विमान कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। विमान लाहोरबाट कराँची आइरहेको पाकिस्तानी समाचार संस्थामा उल्लेख छ।

समाचारका अनुसार विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्यहरु सवार थिए। यसमा ५१ पुरुष र  ३१ महिला र ९ बालबालिका सवार थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!