बिएल संवाददाता
पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटना परि ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ।
यसमा छ वर्षको बच्चा र वरिष्ठ पत्रकार अन्सारी नकवी पनि रहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन्। तर, ज्यान गुमाउनेहरु यात्रुका हुन् वा कराँची एयरपोर्टको नजिक रहेको मोडल कोलनी आवासीय क्षेत्रमा बसोबास गर्ने व्यक्ति हुन पुष्टि हुन सकेको छैन।
उक्त विमानमा सवार बैंक अफ पञ्जाबका अध्यक्ष जफर मसूद र जुबैरले आफू सुरक्षित रहेको बताएका छन्। विमानमा सवार अन्य यात्रुहरुको अवस्था अज्ञात हुँदा मर्नेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताए।
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो।
उक्त विमान कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। विमान लाहोरबाट कराँची आइरहेको पाकिस्तानी समाचार संस्थामा उल्लेख छ।
समाचारका अनुसार विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्यहरु सवार थिए। यसमा ५१ पुरुष र ३१ महिला र ९ बालबालिका सवार थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया