प्रिमियर लिग: थप दुईजनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिगका थप दुई क्लबका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार, बिहीबार र शुक्रबार भएका पछिल्लो चरणको परीक्षणमा दुई क्लबका दुईजनामा संक्रमण देखिएको हो। यो पटकको परीक्षणमा हरेक क्लबबाट ५० जनासम्मको परीक्षण भएको हो।

तीन दिन लगाएर सबै क्लबका खेलाडी तथा पदाधिकारी–कर्मचारीको परीक्षण भएको हो। कोरोना संक्रमण देखिएका खेलाडी वा पदाधिकारी एक हप्ताका लागि सेल्फ आइसोलेशनमा गएका छन्। 

मे १९ मा भएको पहिलो चरणको परीक्षणमा तीन क्लबका ६ जनामा संक्रमण देखिएको थियो। मे १७ र १८ गरी ७४८ जना खेलाडी तथा पदाधिकारीको परीक्षण भएको थियो।

कोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका लिगका बाँकी खेलहरु पूरा गर्ने अभियान स्वरुप परीक्षण भएका हुन्। आउँदो जुनमा लिगका बाँकी ९२ खेल पूरा गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: : 2020-05-24 06:12:39

प्रतिकृया दिनुहोस्