बिएल संवाददाता
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि पौने १५ खर्बको बजेट ल्याएको छ। अर्थमन्त्री युवराज खतिवडाले आउँदो आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका हुन्।
खतिवडाले चालू अर्थात् सामान्य खर्च तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रूपैयाँ विनियोजन गरेका छन्। त्यसैगरी उनले ३ खर्ब ५२ करोड रकम पूँजीगत अर्थात् विकास निर्माणतर्फ विनियोजन गरेका छन्। वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
बजेटलाई लिएर अर्थशास्त्री तथा नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
बजेट सकारात्मकः बिनायक शाह

होटल एशोसिएन अफ नेपाल (हान) का उपाध्यक्ष बिनायक शाहले बजेटले अहिलेको अवस्थालाई सम्बोधन गरे पनि कार्यान्वयनमा शंका रहेको टिप्पणी गरे।
बिएल नेपाली सेवासँग कुरा गर्दै शाहले भने, ‘हामीले खोजेको सर्बसुलभकै कुरा थियो। त्यो कुरा ५० अर्बको ५ प्रतिशतमा पुनर्उथ्थान कोष खडा गरिदिएको छ। त्यो कार्यान्वयन भयो भने त निकै टेवा पुग्छ। तर हाम्रो समस्या भनेको नीति निर्माताले ल्याउँछन्।’
निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयासः मुरारका

उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवं व्यवसायी पशुपति मुरारकाले यो बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेको बताए।
मुरारकाले बिएल नेपाली सेवासँग कुरा गर्दै यो बजेटले निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए। ‘यो बजेटले थला परेका उद्योगलाई माथि उठाउँला भन्ने त छैन । तर साना तथा मझौला उद्योगलाई केही सहयोग पुग्ने खालको विषय समेटिएको छ,’ उनले भने।
उनले धेरै उद्यागहरू बन्द भएकोको अवस्था उनीहरु पुनः सञ्चालनका ल्याउने वातावरण भने नदेखिएको उनको भनाइ छ।
बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन- कमलेश अग्रवाल

उद्योगी कमलेस अग्रवालले बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरे। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका अग्रवालले बिएल नेपाली सेवासँग कुरा गर्दै कोरोनाका कारण भएको क्षति पुनर्उथ्थान गर्ने विषयलाई बजेटले समेट्न नसकको बताए। उनले भने, ‘हामीले जति माग गरेका थियौं त्यति हुन सकेन। बैंकले दिने भनिएको सहुलियतको विषय पनि मौद्रिक नीत नआइ भर पर्न सकिन्नँ। तसर्थ बजेटले निजस् क्षेत्र त्यति उत्साहित छैन।’
बजेट कार्यान्वयनमा शंकाः पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा धेरै विषय समेटिए पनि कार्यान्वयनमा शंका उत्पन्न भएको बताए। बिएल नेपाली सेवासँग कुरा गर्दे महतले भने, ‘बजेटमा धेरै इच्छा, आंकाक्षा महत्वाकांक्षा समेटिएका छन्। बोलिएका छन् । तर, कार्यान्वयन कति हुन्छ भन्नेमा शंका छ।’
बजेट कोरानाबाट हुने क्षतितिर ध्यान दिन सकेनः अर्थविद् प्याकुरेल
अर्थविद् विश्वम्भर प्याकुरेलले आगामी आर्थिक वर्षको बजेट कोरोनाबाट क्षति पुनरूथान केन्द्रित बन्न नसकेको टिप्पणी गरेका छन्। बिएल नेपाली सेवासँग कुरा गर्दै बजेटको आकार ठिकै भए पनि धेरैतिर छरिएर आएको र बढी महत्वाकांक्षी रहेको बताए। ‘बजेटको आकार सुझावअनुसार नै भए पनि अली महत्वाकांक्षी नै देखिएको छ। बजेटमा पटक पटक कोरोना सम्बन्धि स्वास्थ्य क्षेत्रको विषय समेटिए पनि कोरोनाकै कारण आउने बेरोजगारी व्यवस्थापनमा केन्द्रित भएको छैन।’
मिनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस

अर्थमन्त्रीले धेरै आर्थिक अनुशासन त नाघ्नुभएन, तर स्वाभाविक रूपमा जति अनुशासनमा बस्नुपर्ने हो त्यो पनि देखिएन ।
चालू खर्च ३५ प्रतिशत संशोधित अनुमानभन्दा बढ्दै छ । पोहोर सालभन्दा घटाउन सकिने अवस्था रहँदैन ।
अर्कोतर्फ राजस्व वृद्धि गर्ने आधार छैन । वृद्धि गर्छु भन्नुभएको छ तर मैले त्यो देख्दिनँ । अर्थतन्त्रको आकार नबढ्ने तर राजस्व २२ प्रतिशतले वृद्धि हुने कुनै पनि आधार देखेको छैन मैले ।
जति उहाँले अर्थतन्त्र वृद्धि हुन्छ भने पनि हामी नर्मल लाइफमा गइसकेका हुँदैनौं । वैदेशिक ऋण उहाँले अहिले १२० अर्बबाट ३०० अर्ब पुर्याउँछु भन्नुभएको छ त्यो पुग्दैन । सम्भव नै छैन ।
आन्तरिक ऋण उठाउनु पर्छ, त्यसले दु:खमा भएको उद्योग धन्दालाई झन् बढी कठिनाइ पुग्छ ।
वैदेशिक ऋण पनि नआउने, चालू खर्च बढ्ने अवस्थामा जोखिममा पूँजीगत खर्च परेको छ । फेरि अर्थतन्त्रको कठिनाइ बजेटले बुझेको जस्तो देखिन्छ तर सबै राजनीतिक दल छलफल गरेर मात्र अघि बढ्नुपर्थ्यो।
यो पनि हेर्नुहोस्
बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया