रासस
सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन्।
सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ग्रामीण विद्युतीकरण, औद्योगिक क्षेत्र तथा भन्सारलगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले कृषि र रोजगारीलाई मुख्य प्राथमिकता राखेर बाँकेको सिक्टा सिँचाइ आयोजना, नौवस्ता औद्योगिक क्षेत्र र नेपालगञ्जमा एकीकृत जाँच चौकीलाई नीति तथा कार्यक्रममा समेटेर बजेट विनियोजन हुनु बाँकेवासीकै लागि खुशीको कुरा भएको बताए।
उनले नीति तथा कार्यक्रम र विनियोजित बजेट कार्यान्वयन हुन सके बाँकेवासीका लागि ठूलो उपलब्धि हुने उल्लेख गर्दै कार्यान्वयनमा कोभिड–१९ ले समस्या आउनसक्ने चिन्ता व्यक्त गरे।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम नहर सञ्चालनमा ल्याउने गरी सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ। बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुया¥उने उद्देश्यले १४ वर्षअघि निर्माण शुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनु सकारात्मक भएको सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए।
यसैगरी अलपत्र अवस्थामा रहेको बाँकेको नेपालगञ्ज एकीकृत जाँचचौकी स्थापना गर्ने र बुटवल– कोहलपुर प्रसारण लाइन विस्तार गर्ने कार्यक्रमले उद्योगी व्यापारी उत्साहित देखिएका छन्। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आफूहरुले उठाउँदै आएको एकीकृत जाँचचौकी स्थापनालाई सरकारले नीति तथा कार्यक्रममा समेटेकोमा खुशी व्यक्त गरे।
आर्थिक वर्ष २०७७/७८ मा बाँकेको बैजनाथ गाउँपालिकास्थित प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्र निर्माणले निरन्तरता पाउने भएको छ। नौवस्ता औद्योगिक क्षेत्र प्रदेश नं ५ कै गौरवको आयोजनासमेत हो।
गत वर्षको नीति तथा कार्यक्रममा समेत समावेश भएको नौवस्ता औद्योगिक क्षेत्रलाई यो वर्ष पनि सरकारले प्राथमिकता दिएकाले निर्माण कार्यले गति लिने आशा गरिएको छ। बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले नीति तथा कार्यक्रममा नौवस्ता औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने उल्लेख गरी बजेट विनियोजन भएकोमा आफूहरुमा उत्साह थपिएको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया