
बिमला गुप्ता
वीरगञ्ज हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका बालकको पीसीआरको रिपोर्ट पनि पोजेटिभ आएको छ।
निमोनियाले सिकिस्त भएका बारा, निजगढका ५ वर्षीय बालकलाई शुक्रबार करिव ११ तिर अस्पताल भर्ना गरिएको छ। उनको उपचारको क्रममा अपरान्ह ३ बजे मृत्यु भएको थियो।
अस्पताल ल्याइएपछि भेन्टिलेटरमा राख्नुअघि उनको आरडीटी परीक्षण गरिएको थियो।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पतालको ल्याबमा पठाइएको थियो।नारायणीमा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेसु डा मदन उपाध्यायले बिएल नेपाली सेवालाई जानकारी दिए।
अहिले बालकको शव अस्पतालमै राखिएको छ। बालकको परिवारका बाबु, आमा तथा दुई जना स्वास्थ्यकर्मी गरी ५ जनाको स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा रहेको मेसु उपाध्यायले बताए।
अन्य ३ जना शंकास्पद विरामीलाई पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया