बिहिबार, १४ अगस्ट २०२५

यी हुन् साउदीको दम्मामबाट बिहीबार स्वदेश फर्कने २२३ नेपाली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 साउदी अरबको दम्मामबाट बिहीबार २२३ जना नेपाली स्वदेश फिर्ता हुने भएका छन्। हिमालयन एयरलाइन्सको चार्टर उडानबाट उनीहरु स्वदेश फर्कन लागेका हुन्। 

रियादस्थित नेपाली दूतावासका अनुसार सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा सूची तयार गरी हिमालय एयरलाइन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ।

कोरोनाको परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था दूतावासले अनुरोध गरेको छ। अन्यथा १३२ साउदी रियल तिरेर तोकेको ल्याबमा परीक्षण गर्न दूतावाले आग्रह गरेको छ। 

सूचीमा परेका सम्पुर्ण यात्रुले कोरोना परीक्षणको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ। 

उनीहरुका लागि प्रतिव्यक्ति भाडा ४६५ अमेरिकी डलर (साउदी रियाल करिब १,७४४) तोकिएको छ।

यी हुन् सूचीमा परेका २२३ नागरिक 

सोमबार, असार ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!