गलवान: चिनियाँ सैनिकसँगकाे भिडन्तमा ७६ भारतीय सैनिक घाइते

पूर्वी लद्दाखको गलवान उपत्ययकामा भएको झडपमा भारतीय २० सैनिक ज्यान गुमाए भने ७६ घाइते भएको बताइएको छ।

घाइते सैनिकहरुकाे लद्दाखमा उपचार जारी रहेको सैनिक स्राेत जानकारी दिएकाे छ। 

भिडन्तमा घाइते ७६ मध्ये ५८ सैनिकहरु सामान्य घाइते रहेको र उनीहरू केही दिनभित्रै कार्यक्षेत्रमा फर्किने बताइएको छ। अन्य सैनिकहरु समेत खतरामुक्त रहेको बताइएकाे छ।

दुबै देशका सैनिकबीचकाे गलवान भिडन्तमा भारतीय सरकारले मृतक र घाइतेबारे वास्तविकता बताएपनि चिनियाँ पक्ष भने अहिलेसम्म चुपचाप छ।

भिडन्तमा प्रयोग भएका हतियार सार्वजनिक 

सोमबार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।

बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार देख्न सकिन्छ।

उक्त तस्बिर बीबीसीलाई भारत-चीन सीमामा तैनाथ भारतीय सेनाका एक वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती हतियार चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।

त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।

समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।

चीनले प्रयोग गरेको कच्चा हतियार

सन् १९९६ को सहमतिअनुसार लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन् र विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गर्न पाइने छैन।

तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा तनावपूर्ण भिडन्तहरू भएका छन्।

मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।

लद्दाख क्षेत्रमा भारतकाे गतिविधि तिव्र

सोमबार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ। 

भारतीय रक्षामन्त्री राजनाथ सिंह र ३ वटै (हवाई, स्थल र जल सेना) सेना प्रमुखबीच बैठकमा नौसेनाका युद्दपोतहरु चीनसँग जोडिएका इलाकामा तैनाथ गर्न आदेश दिएका छन्। 

यस्तै उनले चीनसँग जोडिएको सीमानामा तैनाथ अर्को भारतीय फोर्स आइटीबीपीले पनि आफ्ना सैनिकहरुलाई सतर्क रहन आदेश दिएको छ। त्यस्तै वायु सेनाले पनि हिमाञ्चल र उत्तराखण्डमा लडाकू जेट तैनाथ गर्न सुरु गरेको छ।

चीनसँग जोडिएका इलाकामा नौसेनाका युद्दपोत, लद्दाखका बस्तीहरु भारतले खाली गरायाे

चीनसँग जोडिएको ३४ सय किलोमिटर वास्तविक नियन्त्रण रेखा वरिपरि सतर्क रहन भारतीय सेनाको निर्देशन छ। त्यहाँ तैनाथ गरिएका फरवार्ड पोष्टका कम्पनी कमाण्डरहरुलाई चीनतर्फबाट कुनै गतिविधि भएको खण्डमा तत्काल कार्वाही गर्न आदेश दिइएको छ।

बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ। सम्भावित भीडन्तलाई मध्यनजर गर्दै ती क्षेत्रमा सैनिकहरुको संख्या ह्वात्तै बढाइएको छ भने स्थानीय मानिसहरुलाई सावधानीपूर्वक गाउँ खाली गर्न आह्वान गरेको छ।  डेमचोक पेङगान्ग ताल वरिपरिका बस्तीहरुलाई सतर्क रहन आह्वान गरेको छ। 

त्यस्तै सीमा जोडिएको क्षेत्रमा मोबाइल फोन बन्द गर्न लगाइएको छ भने त्यहाँ तैनाथ सेनाको ल्यान्डलाइन फोन समेत बन्द गरिएको छ। अब उक्त क्षेत्रमा अपरेशनमा जोडिएका फोनहरुले मात्र काम गर्न सुरु गरेका छन्।  त्यसैगरी लद्दाख क्षेत्रमै पर्ने लेह शहर बाहिर सेना बाहेकको सबै आवागमनमाथि प्रतिबन्ध लगाइएको छ। श्रीनगर–लेह राजमार्ग आमजनताका लागि पूर्ण रुपमा बन्द गरिएको छ।

याे पनि

 

भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त, ३ भारतीय सैनिकको मृत्यु

चीनसँग युद्वको स्थितिमा भारतले बोलायो नेपालमा छुट्टिमा रहेका गोर्खा सैनिक

चिनियाँ भूमीमा प्रवेश गरेपछि कारवाही गर्‍याैं: चिनियाँ विदेश मन्त्रालय

चीनले हमला गरेको गाल्वान उपत्यकामा पहिले गोर्खाली सेनाको ‘चेक पोस्ट’ 

लद्दाखमा चीनसँग भएकाे भिडन्तमा २० भारतीय सैनिक मारिएकाे पुष्टि

चिनियाँ सेनासँगको भिडन्तमा मारिने तीनै जना भारतीय सैनिककाे खुल्याे परिचय

भारत-चीन सेनाबीच झडप: लद्दाखबाट ३४ भारतीय सैनिक गायब, अवस्था अज्ञात

पीएलएका प्रवक्ता शुईलीकाे बयान: जानाजान चिनियाँ बललाई उक्साएपछि भारतीयमाथि हमला गर्‍याैं

चीनसँग जोडिएका इलाकामा नौसेनाका युद्दपोत, लद्दाखका बस्तीहरु भारतले खाली गरायाे

भारत–चीन युद्धः जहाँ गोली सकिएपछि नेपाली खुकुरी चम्कियाे

गलवान भिडन्तमा मारिने १६ बिहार रेजिमेन्टका सैनिक, नेपाली गोर्खा नभएको पुष्टि

भारत–चीन तनावबारे अमेरिकाले दियो यस्ताे प्रतिक्रिया

 

प्रकाशित मिति: : 2020-06-19 09:06:00

प्रतिकृया दिनुहोस्