भारतसँग किन रिसायो भूटानः सिचाई पानी रोकिदिएपछि भारतीय किसान आन्दोलित

भारत अहिले छिमेकीहरुको घेराबन्दीमा छ। चीन, पाकिस्तान, बंगलादेश, नेपाल र पछिल्लो सयम भूटान पनि भारतको रबैयाले टाढिन थालेको बताइन्छ।

नेपाल र भूटान भारतका लागि सबैभन्दा मित्रवत सम्बन्ध भएका छिमेकी हुुन्। तर, नेपाल केही महिनादेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा प्रकरणले भारतप्रति सकारात्मक छैन। नेपालसमेत भारतबिरुद्ध सडकदेखि सदनसम्म उत्रिएका बेला भूटान–भारत सम्बन्ध पनि चिसिएको छ।

भूटानले घुम्ने जाने भारतीय पर्यटकहरुका लागि आर्थिक स्वरुप प्रत्येक ब्यक्तमार्फत हजारौं लिने निर्णय गरेको छ। यसअघि भूटान पुग्न भारतीय नागरिकहरुका लागि शुल्क लाग्दैँन्थ्यो। भुटानको यो निर्णयबाट खासगरी पूर्वउत्तरका भारतीयहरु खुसी छैनन्। कोरोना कहरका कारण भूटान पूर्ण रुपमा बन्दाबन्दीमा छ। बाहिरका कुनै पनि मानिसहरुलाई प्रवेश गर्न दिइएको छैन। 

बन्दाबन्दीकै समयमा भूटानबाट असमको बाक्सा जिल्लामा आउँने पानी रोकिएपछि किसानहरू चिन्तित बनेका छन्। खेतीपातीका समयमा भूटानीहरुले गाउँमा आउने पानी रोकिदिए अब कसरी खेती हुन्छ बिएलसँग बाक्साका एक किसानले भने। भूटान भारतीय नागरिकलाई पनि कोरोना त्रासले प्रतिबन्ध लगाएको छ। यसो हुँदा बाक्साका किसानलाई भूटानबाट आउने पानी रोकिएको छ। यस जिल्लाका ६ हजारभन्दा बढी किसानहरू भूटानीबाट आउने सिचाईमा निर्भर हुने गरेका छन्। 

किसानहरू सोमबार सीमाना छेउ पुगेर भूटान सरकारबिरुद्ध आन्दोलन गरेका छन्। उनीहरुले केही घण्टा रोंगिया–भूटान सडक खण्ड समेत अबरुद्ध गरेका थिए। भूटानसँग भारतको सम्बन्ध खासै बिग्रिएको छैन। भारतीय पर्यटकहरूलाई विदेशी नागरिक सरह निर्धारण गरेको शुल्क र बाक्सा जिल्लामा रोकिएको सिचाई पानीले भने राम्रो संकेत देखाएको छैन।

प्रकाशित मिति: : 2020-06-25 23:31:00

प्रतिकृया दिनुहोस्