आखिर तिमी दिनभर गर्छौ के ?

अनलाइनखबर

काठमाडौँ

कार्यथलोबाट फर्किएपछि श्रीमान् कराउँछन्, ‘खै, एक कप चिया बनाऊ त ।’ श्रीमतीले हतार/हतार चिया बनाएर ल्याइदिन्छे । सोफामा ढल्किएर तात्तातो चियाको चुस्की लिदै गर्दा श्रीमान् सोध्छन्, ‘मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेऊ ।’ कुनै आज्ञाकारी बालक झैं‌ श्रीमतीले त्यसै गर्छिन् । त्यसपछि उनी बालबच्चाका लागि नास्ता बनाउन थाल्छिन् । श्रीमान् भन्छन्, ‘ए, टिभीको रिमोट कहाँ राख्यौं, एकछिन समाचार हेर्नुपर्‍यो ।’

श्रीमती जुठो भाँडार्वतन उठाइरहेकी छिन् । उनले श्रीमान‍्को कुरा सुनेर पनि नसुने झैं गर्छिन् । श्रीमान् कराउँछ, ‘टिभीको रिमोर्ट कहाँ छ भनेको ?’

प्रकाशित मिति: : 2020-06-28 10:16:25

प्रतिकृया दिनुहोस्