समिक्षा अधिकारी
अहिलेको जमानामा बोराको झोला बोक्नु परे तपाईं कस्तो महशुस गर्नुहुन्छ?
बोरा भन्नासाथ नाक खुम्च्याउने वा हाँसोमा उडाउनेहरूलाई प्रकृति मैनालीको कामले 'सर्प्राइज' दिन्छ। उनी बोराको झोला बनाउँछिन्, आकर्षक र फेन्सी डिजाइनमा।
उनले बनाएका झोला हातमा परेपछि मान्छे अचम्म मान्दै भन्छन्– 'बोराको झोला, यस्तो राम्रो हुँदो रहेछ है! क्या कूल।'
ग्राहकबाट आउने यस्तै प्रतिक्रियाले संकटमा पनि प्रकृतिको कम्पनी 'शक्ति मिलन' चलायमान छ। विदेशमा समेत सामान निर्यात गर्दै आएकी प्रकृति अहिलेको अवस्थामा पनि फुर्सदमा छैनन्। कतिपय देशबाट अग्रिम भुक्तानीसहित अर्डर आइरहेको उनले जानकारी दिइन्।
'कोरोना महामारी कहिले सकिन्छ थाहा छैन। मासिक, त्रैमासिक वा वार्षिक कस्तो योजना बनाउने दुबिधा छ। समस्यालाई आत्मसाथ गरेर समाधान खोज्नतिर लाग्नु अहिलेको हाम्रो रणनीति हो,' व्यापार स्थिर हुनुको कारण खुलाउँदै प्रकृति भन्छिन्, 'ग्राहकले आवश्यक सहयोग गरेका छन्। सानातिना योजनामा पनि काम गरिरहेका छौं।'
कोरोना महामारीबीच अत्यावश्यक बाहेकका व्यवसाय धरापमा छन्। लत्ताकपडा वा झोलासम्बन्धी व्यवसाय अत्यावश्यक बाहेकका वस्तु हुन्। तत्कालै आवश्यक नपर्ने उत्पादनले बजारमा स्थान पाइरहँदा प्रकृति दंग छिन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया