१ सय १७ दिनपछि भएको टेस्टमा वेष्ट इन्डिजद्धारा इंग्ल्याण्ड पराजित

कोरोना संक्रमणका कारण १ सय १७ दिनपछि भएको पहिलो टेस्टमा वेष्ट इन्डिजले ४ विकेटले इंग्ल्याण्डलाई पराजित गरेको छ।

भ्रमणकारी वेष्ट इन्डिजले इंग्ल्याण्डबाट जितका लागि प्राप्त २ सय रनको लक्ष्य ६ विकेट गुमाउँदै पुरा गरेको हो। 

वेष्ट इन्डिजका लागि जर्मेन ब्ल्याकउडले सर्वाधिक ९५ रन बनाए। उनको यो ११ औं अर्धसतक थियो। यस्तै, तीब्र बलर सेनन ग्याब्रियलले पहिलो इनिङमा ४ र दोस्रोमा ५ विकेट लिए। उनले कूल ९ विकेट लिएका थिए। यसमा उनले पाँच इंग्लिस ब्याट्सम्यानलाई क्लिन बोल्ड गरे। उनलाई ‘म्यान अफ दि म्याच’ बाट सम्मानित गरियो। 

इंग्ल्याण्डले पछिल्लो पाँचमध्ये पहिलो टेस्टमा पराजय भोगेको हो। साउथहाम्पटन टेस्टभन्दा पहिले इंग्ल्याण्डले गत वर्ष सेन्चुरियनमा दक्षिण अफ्रिकाविरूद्धको टेस्ट शृंखलाको पहिलो खेल १ सय ७ रनले हारेको थियो। 

यसबाहेक पनि न्युजिल्याण्डसँग इनिङ र ६५ रन, अस्ट्रेलियासँग २ सय ५१ र वेष्ट इन्डिजसँग ३ सय ८१ रनले पराजय भोग्नु परेको थियो। 

वेष्ट इन्डिजले टेस्ट क्रिकेटमा २ सयभन्दा कम लक्ष्य पछ्याउने क्रममा कहिल्यै पराजय भोग्नु परेको छैन। साउथहयाम्पनमा पनि यो इतिहास कायम रहयो। जीतसँगै वेष्ट इन्डिजले ३ टेस्टको शृंखलामा १–० को अग्रता बनाएको छ।

प्रकाशित मिति: : 2020-07-13 08:27:14

प्रतिकृया दिनुहोस्