‘ट्रान्सजेन्डर मोडल’ भेलेन्टिनो अमेरिकाको चर्चित ‘स्पोर्टस एलेस्ट्रेड’ पत्रिकाको अंकमा

एजेन्सी

वासिङ्टन

अमेरिकाको चर्चित स्पोर्टस एलेस्ट्रेड पत्रिकाले पहिलो पल्ट आफ्नो कभर पेजमा एउटा ‘ट्रान्सजेन्डर मोडल’ लाई स्थान दिएको छ। 

पत्रिकाको स्वीमसुट अंकमा ब्राजिलकी ट्रान्सजेन्डर मोडल भेलेन्टिनो सेन्पियोलाई स्थान दिइएको हो। उनी २०२० को अंकमा हेडी क्लम र एस्ले ग्राहम जस्ता चर्चित हस्तीसँगै देखा पर्देछिन्। २३ वर्षीय सेन्पियो अहिले आफूलाई भाग्यमानी ठानिरहेकी छिन्।

पत्रिकाको अघिल्लो अंक २१ जुलाईमा प्रकासित हुँदैछ। सेन्पियो ब्राजिलको नर्थ इस्टको एउटा सानो गाउँलाई प्रतिनिधित्व गर्छिन। उनी बसोबास गर्ने गाउँमा गरिबीको संख्या उच्च छ।

यहाँ ट्रान्सजेन्डर समूदायलाई अहिले पनि अपमान गरिन्छ। ‘म आफूलाई भाग्यमानी सुम्झिरहेको छु। यति प्रतिष्ठित पत्रिकाले मेरो छनोट गर्‍यो। मेरो चाहना छ, म जस्तै अरु ट्रान्सजेन्डरलाई पनि समाजमा सम्मान र हकअधिकार प्राप्त होस्। म यसका लागि हरसम्भव प्रयास गर्नेछु,’ उनले भनिन्।

उनी २०१७ मा पहिलो ट्रान्सजेन्डर मोडलको रूपमा भोगको कभर पेजमा देखा परेकी थिइन।

प्रकाशित मिति: : 2020-07-14 17:12:15

प्रतिकृया दिनुहोस्