चर्चित पूर्वमिडिफिल्डर गौचन भन्छन्– देशले धेरै दियो, अब मेरो दिने पालो

नवीन अर्याल

काठमाडौं

नेपालका चर्चित पूर्व मिडफिल्डर बसन्त गौचन शुक्रबार ३८ वर्षमा प्रवेश गरेका छन्। सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौं साफ गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली फुटबल समर्थकको मन मस्तिस्कमा बस्न सफल बसन्त लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका छन्। 

उनी जापानमा ग्रासरूट फुटबलमा रमेका छन्। विदेशमा भएपनि उनको मन नेपालमै छ। उनी जापानी बालबालिकालाई फुटबलको प्रारम्भिक गुण सिकाउन मस्त छन्। उनी आफू पनि प्रशिक्षणको नयाँ–नयाँ गुण सिकिरहेका छन्। उनी जापानमा फनरुट्स फुटबल एकेडेमीका प्रशिक्षक हुन्। 

उनको भविस्यको योजना छ, आफ्नो मातृभुमि फर्किएर देशको फुटबलमा समर्पीत हुने। प्रायः विवादबाट बाहिर बस्न रूचाउने मनाङ मस्र्याङ्दी क्लबका यी पूर्वमिडफिल्डर कोरोनाको विश्वव्यापी संक्रमण फैलिनुअघि नेपाल आएका थिए। 

यति बेला उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग मिलेर जापान र नेपालको ग्रास रूट फुटबलमा सम्वन्यकारी भूमिका निर्वाह गर्ने जमर्को गरेका थिए। उनले बिएल नेपाली सेवासँगको अन्तर्वार्तामा एन्फाले आफूलाई सम्झिएको खण्डमा कुनै पनि भूमिकामा काम गर्न तयार रहेको स्पष्ट पारेका थिए। 

उनी भन्छन्, ‘म अहिले जुन अवस्थामा पुगेको छु। त्यो फुटबलकै कारण हो। नेपाली फुटबलले मलाई धेरै थोक दिएको छ। नाम र इज्जत सबै कुरा। म पनि देशको फुटबलका लागि केही गर्न चाहन्छु।’

जापान फर्किनुअघि बसन्त गौचनसँग बिएल नेपाली सेवाले गरेको भिडियो कुराकानी यस प्रकार छ। 

प्रकाशित मिति: : 2020-07-24 18:32:08

प्रतिकृया दिनुहोस्