तपाईं कहिल्यै पनि सफल हुनुहुने छैन, यदि तपाईं पूर्ण रूपमा लापरवाही हुनुहुन्छ र कुनै कुरामा जोखिम उठाउन चाहनुहुन्न। लगभग सबै सफल उद्यमी को जीवनको पृष्ठभूमिमा केहि विफलता पक्कै हुन्छ। तर सफल उद्यमीसँग सीप र क्षमताको साथसाथै सधैं आत्मविश्वासको कडा भावना हुन्छ। जसले उनीहरुलाई बाँकी भन्दा फरक बनाउँछ।
उद्यम सुरु गर्नु मात्र ठूलो कुरा हैन, त्यसमा सफल हुनु ठूलो कुरा हो। तर १४ वर्षको कलिलो उमेरमा आफ्नो उद्यम सुरु गरेर त्यसमा सफलता हात पार्नु पक्कै पनि विश्वलाई चकित पार्नु हो। यसरी विश्वलाई चकित पार्ने किशोरी हुन्, मेक्सिकोकी एलिसा चाभेज।

जसले आठ कक्षामै आफ्नो तीक्ष्ण बुद्धिले विश्वको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भइन्।
एलिसा किशोरी आविष्कारक मात्र होइनन्, उनी एलिसा एलएलसी कम्पनीको सीईओ पनि हुन्। उनले १४ वर्षको उमेरमै सन् २०१२ मा आठ कक्षाको विज्ञान मेलामा ‘बेबी हटसिट’ को आविष्कार गरेकी थिइन्।

उनको परिकल्पना यही मेलामार्फत गृहणीसमक्ष पुग्यो र रातारात उनी उद्यमी भइन्। एलिसाले मेलामा भाग लिँदा सपनामा पनि सोचेकी थिइनन्, भविष्यमा कुनै बेला आविष्कारक बन्छु भनेर।
प्रत्येक वर्ष उनको स्कूलले विज्ञान र आविष्कार सम्मेलन आयोजना गर्थ्यो र विद्यार्थीलाई नयाँ विचार बोकेर आउने जिम्मा दिन्थ्यो। त्यहिबाट उनको उद्यमी यात्रा सुरु भएको हो।

भनिन्छ नि, सफल व्यक्ति बन्नुको पछाडि कसै न कसैको साथ र प्रेरणा हुन्छ। एलिसाको त्यो प्रेरणाको स्रोत उनकै आमा हुन्।
उनकी आमा बच्चाहरुको हेरचाह गर्न डे–केयर सेन्टर चलाउँथिन्। आमासँग हिँडडुल गर्ने क्रममा प्राय: उनी बच्चाको आमाको लापरवाहीका कारण बन्द भएको तातो कारमा केटाकेटीहरू मरेको घटना सुन्ने गर्थिन। यो कुरा उनको दिमागमा गहिरोसँग गढेको रहेछ।
यो समस्या उनको लागि पनि भयावह थियो। किनभने उनी पनि आमाले सञ्चालन गरेको डे–केयर सेन्टरमै बस्थिन्। र बच्चाप्रति उनको आगाध स्नेह थियो।
उनी सोचमग्न हुन्थिन्, आखिर यस्तो अवस्थामा बच्चाहरुलाई कसरी बचाउन सकिन्छ। यहीबाट उनको सिर्जनशीलता सुरु भयो। उनी घण्टो यस कुरामा घोत्लिन्थिन्।

अन्त्यमा उनले एउटा बुद्धि निकालिन्। यसका लागि उनले पहिले गाडीमा रहेको अलार्म र सतर्क प्रणालीके सुक्ष्म अध्ययन र अनुसन्धान गरिन्।
‘क्राउडफन्डिङ साइट इन्डिगोगोमा’ बाट पैसा संकलन गरेपछि उनले केहि इन्जिनियरसँग मिलेर एउटा उपकरण डिजाईन गरिन्, जसलाई 'हट सिट' नामाकंरण गरियो।
‘हट सिट’ एक अलार्म प्रणाली हो, जसले बच्चालाई दुर्घटनावश बन्द भएको तातो कारमा छोडिनुबाट रोक्छ। लगभग ४० बच्चाहरूको प्रत्येक वर्ष यस प्रकारको दुर्घटनाबाट निधन हुने गरेको थियो।
यस उपकारणका दुई कम्पोनेन्ट छन्: पहिलो प्याड हो,जुन कुनै पनि शिशुलाई राख्न सकिन्छ। दोस्रो शिशुको आमाबुवाको फोनमा यो अनुप्रयोग हुन्छ, जसले उनीहरुलाई बच्चा आफ्नो सिटमा छ वा छैन भनेर एक अलार्मको आवाजबाट सूचित गराउँछ।

एलिसाको उमेर हाल २३ वर्ष पुगेको छ। मेक्सिको युनिभर्सिटीको विद्यार्थी रहेकी एलिसाले अल्बुकर्कमा ठेकेदारहरूले निर्माण गरेका सयौं ‘हट सिट’ बेचिसकेकी छिन्।
गत वर्ष २०१९ मा उनको अर्को नयाँ आविष्कार बजारमा बाहिरियो। यसमा उनले 'बच्चाको बोतल' सम्बन्धि नयाँ आविस्कार गरेकी थिइन। जसले पानी र सुख्खा सुत्रहरूलाई अलग भण्डार गर्दछ र आवश्यक परेको बेला मिसाउने काम पनि गर्दछ।

तीन सय अन्य प्रतिस्पर्धीलाई उछिनेर उनी गत नोभेम्बरमा ‘फिउचर फाउनडर्स यू पिच’ मा तेस्रो स्थान पक्का गर्न सफल भइन्।
कलिलो उमेरमै प्रतिभाकी धनि एलिसाले विभिन्न उपाधि र पुरस्कार जितेकी छिन्।
सन् २०१७ मा उनले अमेरिकामा सबैभन्दा कान्छो ‘ल्याटिना पेटन्ट धारक भएको’ श्रेय प्राप्त गरेकी थिइन। यति बेला उनको उमेर १७ वर्ष थियो।
उनी ‘टेक्नोलोचिकास’ संस्थाकी राजदूत पनि हुन्। जसले एसियाईटीएममा करिअर अन्वेषण गर्न ल्याटिन अमेरिकीलाई प्रोत्साहित गर्दछ।
उनी पछिल्ले समय थुप्रै पत्रपत्रिकाको कभर पेजको आकर्षण पनि बनिसकेकी छिन्। उनलाई टेडएक्स, माइक्रोसफ्ट डिजीगर्ल्स शिविर, स्कूलका कार्यक्रम, कोष संकलनकर्ता आदिमा वक्ताको भूमिकामा निम्तो पनि गरिएको थियो।

आल्बुकर्कका मेयर रिचार्ड जे बेरीले उनको आविष्कारका लागि ‘गुड समारिटन’ पुरस्कारबाट सम्मानित गरेका थिए। एलिसालाई ग्ल्यामर पत्रिकाले वुमेन अफ द इयर, होमटाउन हिरोज, सिखाना हिरोज र टिन बिजनेस टप– २० को नाम दिएको थियो।
कलिलो उमेरमा सफलता हासिल गर्नु चानचुने कुरा पक्कै होइन। एक अन्तर्वार्तामा एलिसाले भनेकी छिन्, ‘मैले व्यापार सुरू गर्दाको सुरुमा कसैले मलाई गम्भीरताका साथ लिएका थिएनन्। म निकै सानी थिएँ। सबै जना मेरो कुरा नसुने झैं गर्थे। म महिला भएको हुनाले पनि त्यति सहयोग गर्न मानेनन्। यद्यपि मैले प्रमाणित गरेको छु।’
उनी कुनै पनि काम सहज नहुने बताउँछिन्। उनको अनुभव छ,‘ कसैको लागि मार्ग आफै बनेको हुदैंन। सवैले आफ्नो जीवन र करिअरको आकार आफै बनाउनु पर्छ। जब तपाईं जीवनको विभिन्न पक्षसँग साझात्कार गर्नु हुन्छ। तपाइँले आफैलाई प्रतिस्पर्धीको रुपमा अगाडि पाउनु हुन्छ।’
एलिसाको एउटै गुरुमन्त्र छ. आफूलाई एक हजार प्रतिशत विश्वास गर्नुहोस्। उनले भनेकी छिन्, ‘संसारका धेरै मानिसले तपाईंलाई विश्वास नगर्न सक्छन्। तर तपाईंसँग आफूप्रति विश्वास छ भने कल्पना गरेभन्दा टाढा जान यसले मद्धत पुर्याउँछ।’
एलिसा अहिले किशोर–किशोरीको मात्र होइन, विश्वकै प्रेरणाको श्रोत बन्न पुगेकी छिन्। आफ्नो काम प्रति उत्साहित र आफूले गरेको काममा विश्वासका साथसाथै जोखिम लिन नडराउने हो भने हामी सबैमा एलिसा जस्तै नयाँ अन्वेषण गर्ने शक्ति छ। तर के हामी तयार छै त?
यो पनि हेर्नुहोस्



न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया