
बिएल संवाददाता
पर्सामा शुक्रबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रदीप यादव, उनका निजी सुरक्षाकर्मी र चालकलगायत छन्।
नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ३ महिला र ६१ पुरूष छन्। संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन्।
यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया