रहबर अन्सारीलाई कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगञ्ज महानगरपालिका कमिटी अध्यक्ष रहवर अन्सारी कोरोना संक्रमित भएका छन् ।

काठमाडौं रहेका उनले गत साउन १६ गते परीक्षणका लागि स्वाब दिएका थिए।

उनकाे स्वाब पीसीआर परीक्षण गर्दा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे हाे। 

स्राेतका अनुसार उनी हाल काठमाडौंको नक्सास्थित घरमा होम आइसोलेसनमा बसेका छन्।

उनकाे स्वास्थ्यअवस्था सामान्य रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2020-08-03 15:16:14

प्रतिकृया दिनुहोस्