अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले एक समय युद्वमा सञ्चार प्रविधिको प्रयोग गर्ने प्रचलन सुरु गरेका थिए। अहिले युद्वमा यो प्रचलनको उच्च प्रयोग भइरहेको छ। नयाँ–नयाँ आधुनिक प्रविधिको विकाससँगै मानिसको सोच्ने क्षमतामा पनि असधारण बृद्धि भइरहेको छ। यहि परिप्रेक्षमा सिरियाकी ११ वर्षीय एक किशोरीले एउटा उदाहरणीय काम गरेर विश्व जगतलाई चकित पारेकी छिन्।
उनी हुन्, बाना अलाबेद। उनी सिरियाको युद्वग्रस्त दमास्कस र एलेप्पोमा भइरहेको युद्ध अपराधलाई आफ्नो ट्वीटरमार्फत उजागर गर्दै विश्व समूदायको ध्यान खिच्न सफल भएकी हुन्।

उनले यो काम ७ वर्षको उमेरबाटै सुरु गरेकी हुन्। अलाबेदको घर अलेप्पोमा पर्छ। उनले २०१६ मा आफ्नो आमाको सहयोगमा ट्वीटरमार्फत युद्धको विषयमा प्रत्यक्ष सन्देश दिएकी थिइन। जसमा उनले शहरको घेराबन्दी, हवाई हमला, शहरको विनास, भोग, रोग र स्थानीय जनताको विस्थापनको जानकारी सोशल मिडियामार्फत दिएकी थिइन। यसले छिट्टै विश्व समूदायको ध्यान आकर्षित ग¥यो।
उनले युद्धमा मारिएका आफ्ना परिवार, शान्तिपूर्ण रूपमा आफूले बाच्न पाउनुपर्ने अधिकार, पूर्वी अलेप्पोको अल–बाब जिल्लाको अवस्था तथा सामान्य शान्तिको अवस्था जस्ता कुरालाई उठाएर शक्तिशाली मानिएको अमेरिकी जनताको भावना पनि जित्न सफल भइन।
उनी २४ सेप्टेम्बर, २०१६ मा आफ्नो ट्वीटर अकाउण्ट ‘एट अलाबेदबाना’ को माध्यमबाट विश्व समूदायसँग जोडिएकी थिइन। अहिले उनको फलोअर्समात्र ३ सय मिलियन बढी पुगिसकेको छ। उनलाई ‘स्वघोषित शान्ति’ कार्यकर्ता पनि मानिएको छ।
विगत ९ वर्षदेखि सञ्चालनमा रहेको सिरियाली युद्धमा लाखौं व्यक्ति पिडित भएका छन्। धेरै जसो देशभित्र र बाहिर सरणार्थीको जीवन बाच्न बाध्य छन्। हजारौं बच्चाहरूले युद्धमा ज्यान गुमाएका छन्। धेरै जसो बच्चाहरू स्कुल जाने समयमा सरणार्थी सिविरमा दिन बिताउन बाध्य छन्। समय–समयमा यो क्षेत्रमा बम खस्ने हुनाले सिरियाली अविभावक आफ्नो बच्चालाई ‘बिरालोले बच्चा सारेजस्तै’ सार्न विवश छन्।

बानाले पनि युद्धकै क्रममा घर गुमाइन्। नातेदारसँग टाढा हुनुप¥यो। छिमेक र आफूसँग मिल्ने साथी गुमाइन्।
उनको परिवार भने सामान्य चोटका बाबजुद ज्यान बचाउन सफल भयो। सरणार्थी जीवन बिताउनुपर्दा सहयोगको आशा राखेर बानाले ट्वीटर अकाउण्ट खोलेकी हुन्। आफ्नो आमाको सहयोगमा लेखिएको उनको ट्वीटर सन्देशले युद्धबाट बाच्न संघर्ष गरिरहेका हजारौं परिवारलाई गहिरो दृष्टीकोण प्रदान गरेको छ। उनले दैनिक प्रेसित गर्ने आफ्नो सन्देशमा परिवारले सहनु परेको भोक, हानी र हवाई हमलाको सचित्र वर्णन गरिएको हुन्छ।
बानाकी आमा युद्ध अगाडि पेशाले शिक्षिका थिइन। बानाको पनि लक्ष्य छ, आमा जस्तै शिक्षिका बन्ने। युद्धको माहोलमा केही वर्ष पढ्न नपाउने हो कि भन्ने त्रासले उनको मनमा डेरा जमाएको थियो। मृत्यु हरेक दिन वरिपरि घुमिरहेको अवस्थामा अलाबेद परिवारलाई छिमेकी टर्कीतर्फ भाग्नुको अर्को विकल्प थिएन।
सन् २०१७ मा टर्कीका राष्ट्रपति रेजेप ताजिप आर्दोआनले अलाबेद परिवारलाई टर्किस नागरिकता दिने निर्णय ग¥यो। यसपछि उनले पढ्ने मौका पाएकी हुन्।
बानाले एउटा ट्वीट गरेकी थिइन, ‘युद्ध विर्सिनका लागि मलाई पढ्न मनपर्छ।’ यो ट्वीटले बेलायतकी चर्चित लेखिका जेके रोलिङको दिमाग हल्लियो। चर्चित उपन्यास ‘ह्यारी पोटर’ कि यी लेखिकाले बानाको ट्वीट पढ्ने बित्तिकै उनलाई ‘ह्यारी पोटर’ को सबै शृंखलाको ई–बुक पठाइन्।
बाना लाखौं सरणार्थीमध्ये आफूलाई निकै भाग्यमानी ठान्छिन्। जब उनी स्कुल जान थालिन्, उनले लेखेकी थिइन, ‘म धेरैपछि आफूभित्र शान्ति महसुस गर्दैछु। म स्कुल जान सक्छु र बमहरूको आवाज बिना बाहिर खेल्न सक्छु। मलाई स्कुल धेरै मनपर्छ र सोचेको भन्दा बढी विश्वभरिबाट नयाँ साथी बनाइरहेको छु।’

सन् २०१७ मा बानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा पत्र पठाएकी थिइन, जसमा उनले सिरियाली नागरिक तथा बच्चाहरूको ज्यान जोगाउन अनुरोध गरेकी थिइन।
बानाको यो पत्रले यति ठूलो काम ग¥यो, ट्रम्पको अपीलपछि इरान, रुस र टर्कीले तीन साताका लागि युद्धविराममा सहमति जनाएका थिए।

बाना हाल टर्कीको राजधानी इस्तानबुलमा बसोबास गर्छिन्। उनले आमाको सहयोगमा २०१८ मा ‘डियर वर्ल्डः एक सिरियन केटीको युद्धको कहानी र शान्तिको लागि अपील’ नामक पुस्तक प्रकाशन गरेकी थिइन, जसलाई अमेरिकी प्रकाशन गृह साइमन र सुस्टरले प्रकासित गरेको थियो। उनले किताब निकाल्नुको कारण स्पष्ट पार्दै भनेकी छिन्, ‘युद्धमा बच्चालाई कस्तो पीडा हुन्छ, यो सबैलाई बताउनु थियो, त्यसैले मैले पुस्तक निकालेकी हुँ। सबै केटा–केटीले स्कुल जान पाउनुपर्छ। उनीहरूले पनि आफ्नो कथा पढ्न र लेख्न सक्नुपर्छ।’

बाना सानै उमेरमा थुप्रै पुरस्कारबाट सम्मानित पनि भइसकेकी छिन्। २०१८ मा उनलाई एसियाली अवार्ड ‘राइजिङ स्टार’ बाट पुरस्कृत गरिएको थियो। उनले स्वतन्त्रता पुरस्कार पनि प्राप्त गरिसकेकी छिन्। उनले लण्डनमा ‘अरब महिला अफ दि इयर’ पुरस्कार प्राप्त गरेकी थिइन। सन् २०१८ को ओस्कार अवार्डमा उनी केही सामाजिक कार्यकर्तासँग ‘स्ट्याण्ड अप’ गीतमा पनि देखा परेकी थिइन।

कलियो उमेरमा ‘ब्लगर’ बन्नु त्यति सहज पक्कै हुँदैन। बानाका लागि पनि यो काम कम चुनौतिपूर्ण थिएन। धेरैले उनको अकाउण्टलाई नक्कली भन्थे। तर, यी सबै कुरालाई वेवास्था गर्दै उनी प्रख्यात ‘ब्लगर’ बनेकी छिन्। बानाको विचारमा जीवनको उत्सव भनेको सुख र शान्ति हो। उनको ठम्याई छ, ‘युद्धलाई सधैंका लागि समाप्त पारेर अगाडि बढ्नु नै ‘शान्तिको मार्ग’ पहिल्याउनु हो।’
यो पनि हेर्नुहोस्

जसको हठले विश्व तरंगीत भयो

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया