बिएल संवाददाता
जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार अभियुक्तलाई ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधार लगायतका कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई मंगलबार पक्राउ गर्न सफल भएको हाे।
प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ/छ महिना कैद र पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ साल चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया