एजेन्सी
आयरल्याण्डले विश्व च्याम्पियन इंग्ल्याण्डलाई मंगलबार तीन खेलको शृंखलाअन्तर्गत अन्तिम खेलमा पराजित गरेको छ।
इंग्ल्याण्डविरूद्ध ऐतिहासिक जित हात पार्न कप्तान बालबर्नी र पाउल स्टार्लिङले शतकीय साझेदारी गरेका थिए, जसका कारण विसाल ३ सय २९ रन बनाएर ७ विकेटले पराजित गर्न सफल भयो।
इंग्ल्याण्डले पहिलो ब्याटिङ गर्दै कप्तान इयोन मोर्गनको सतकको सहयोगले ३ सय २८ रन बनाएको थियो। प्रत्युत्तरमा आयरल्याण्डले ४९ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गर्यो।
यो आयरल्याण्डको इंग्ल्याण्डमा पहिलो एकदिवसीय जित हो। इंग्ल्याण्डले शृंखला २–१ ले जितको छ। अनुभवी ब्याट्सम्यान स्टार्लिङले १ सय ४२ रन बनाए। उनले १ सय २८ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका थिए।
कप्तान बालबर्नीले १ सय १२ बलमा १२ चौकाको सहयोगले १ सय १३ रन बनाए। ह्यारी टेक्टर र केभिन ओब्रायनले अन्त्यमा अविजित २९ र २१ रन बनाए।
स्टार्लिङ र बालबर्नीले २ सय १४ रनको साझेदारी गर्दै खेल उल्टाएका थिए। इंग्ल्याण्डका लागि कप्तान मोर्गनले ८४ बलमा १ सय ६ रन बनाए। डेभिड विलीले ५१ रन बनाए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया