आइतबार, २१ सेप्टेम्बर २०२५

चेल्सीमाथि सानदार जित निकाल्दै बायर्न क्वाटरफाइनलमा

एजेन्सी

एजेन्सी

एलिएन्ज एरिना
News Image
• • •

चेल्सीमाथि फराकिलो जित निकाल्दै जर्मन च्याम्पियन बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा इंग्लिस क्लबमाथि  ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

बायर्नले पहिलो लेगमा ३–० को सहज जित निकालेको थियो । बायर्नको फराकिलो जितमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काएका थिए ।

घरेलु मैदानमा बायर्नले खेलको १० औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । चेल्सीका गोलरक्षक विलफ्रेडो काभालेरोले लेवान्डोस्कीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की आफैले गोल गरेका थिए । १४औं थोमस मुलरले गोल गर्ने अवसर गुमाउँदा बायर्न अग्रता दोब्बर पार्नबाट चुक्यो । १८औं मिनेटमा बायर्नका सर्जी जिनाब्री चुके ।

२४औं मिनेटमा लेवान्डोस्कीको पासमा अनमार्क रहेका इभान पेरिसिसले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। २६औं मिनेटमा चेल्सीका इमर्सनको प्रहारलाई बायर्नका गोलरक्षक तथा कप्तान म्यानुयल नुयरले बचाए। २८औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा चेल्सीले अग्रता घटाउने मौका गुमायो । ओडोई अफसाइड देखिएको थियो ।

४४औं मिनेटमा इमर्सनको पासमा टम्मी अब्राहमले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ४९औं मिनेटमा चेल्सीा मासन माउन्टको प्रहारलाई म्यानुयल नुयरले बचाए । ७२औं मिनेटमा फिलिपे कौटिन्होको प्रहारलाई वेल्फ्रेडोले मुस्किलले बचाए । ७६औं मिनेटमा लेवान्डोस्कीकै पासमा सब्सिच्युट कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई जितको आधार देखाए ।

टोलिसो ७०औं मिनेटमा थियागो अलकान्ताराको स्थानमा मैदान प्रवेश गरेका थिए । ८३औं मिनेटमा निक्लस सुलले मौका गुमाए । सोही मिनेटमा अल्भारो ओर्डिजोलाको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गर्दै बायर्नलाई ४–१ को सानदार जित दिलाए ।

क्वाटरफाइन्ल समिकरण 

एटलान्टाविरुद्ध पीएसजी
आरबी लाइप्जिगविरुद्ध एट्लेटिो मड्रिड
बार्सिलोनाविरुद्ध बायर्न म्युनिख
म्यानचेस्टर सिटीविरुद्ध लियोन
आइतबार, श्रावण २५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)