
गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले वीरगञ्जस्थित नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएको भनेर प्रकाशित समाचारको खण्डन गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूलगायत कर्मचारीले राजीनामा नदिएको स्पष्ट पारेका हुन्।
कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिएको भन्दै केही दिन अगाडी विभिन्न मिडियामा समाचारहरु प्रकाशित भएको थियो।
तर उनले राजीनामा बुझाउन गएपनि दर्ता नगराएको बताएका छन्। ‘तीन प्रमुख दलको लिखित प्रतिवद्धता र प्रसाशनको सुरक्षा तथा अन्य प्रत्याभूति पश्चात् मौखिक रुपमा दिएको राजीनामा र लिखित रुपमा अस्पाताललाई दिएको राजीनामा सोही दिन फिर्ता गरायौँ। हामीले राजीनामा नै दर्ता गराएनौं,’ डा. सिंहले भनेका छन्।
उनले पुनः आफूहरु दैनिक कार्यमा फर्किसकेको पनि बताएका छन्। हामी दैनिक कार्यमा फर्किसकेका छौं। केही अनलाइन पोटलमा प्रकाशित समाचारमा कुनै सत्यता छैन, भ्रमित नहौं, डा. सिंहले भने।
यता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पनि चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाउन गएपनि स्वीकृत नभएको जानकारी दिए।
गत साउन २४ गते बिहान निजी अस्पतालले भर्ना नलिएपछि अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाको निधन भएको थियो। सोही बिषयलाई लिएर भोलिपल्ट परिवारजन तथा टोलीवासीले अस्पतालको आकस्मिक कक्षमा छिरेर गाडी तथा गमलाहरु तोडफोड गरेका थिए।
नारायणी अस्पतालको अर्को भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला अचानक एकहुल आएर पार्किङमा राखेको गाडीहरुमा ढुङ्गा प्रहार गरेका थिए।
ढुङ्गा प्रहारमा डा. सिंहको ना १२ च ५९६६ नम्बरको गाडीको सिसा फुटेको छ भने अन्य क्षति भएको थियो।
तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसाका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ।
तर हाल सबै मर्मत गरेर पुन अस्पताल सञ्चालनमा आइसकेको डा. सिंहले बताए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया