
एजेन्सी
चीनले त्यहाँको रेल्वे सञ्जाललाई २ लाख किमीमा पुर्याउने योजना बनाएको छ ।
शहरीकरण तीव्र बनाउने र स्थानीय अर्थतन्त्र उकास्ने दीर्घकालीन योजना अन्तर्गत आगामी डेड दशकमा रेल्वे सञ्जाल एक तिहाईले बढाउने योजना ल्याइएको हो ।
सन् २०३५ को अन्त्यसम्म रेल्वे ट्र्याक २ लाख किमिमा पुर्याउने चीनको लक्ष्य भएको चाइना स्टेट रेल्वे ग्रुपले बताएको छ । यसमा ७० हजार किमी भने तीव्र गतिको रेल्वे हुनेछ ।
जुलाईको अन्त्यसम्ममा त्यहाँको रेल्वे सञ्जालको लम्बाई १ लाख ४२ हजार ४०० किमि रहेको छ । यसमध्ये ३६ हजार किमि तीव्र गतिको रेल्वे रुट छ । सन् २०१६ मा भने चीनले रेल्वे सञ्जाल विस्तार गरेर सन् २०२० सम्ममा १ लाख ५० हजार किमीमा पुर्याउने लक्ष्य लिएको थियो ।
सन् २०३५ सम्ममा २ लाख भन्दा धेरै जनसंख्या भएका सबै शहरलाई रेल्वे सञ्जालसँग जोड्ने र ५ लाख भन्दा धेरै जनसंख्या भएका शहरमा तीव्र गतिको रेल्वे ट्र्याक पुर्याउने सरकारी योजना छ ।
कोरोना भाइरसको महामारीले चौपट बनाएको अर्थतन्त्रलाई पुनः जिवित गर्न चीनले शहरीकरण र नयाँ पूर्वाधार लगानीलाई तीव्र बनाउने प्रतिबद्धता गरेको छ । एजेन्सी
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया