लोकान्तर
राेपाइँ सकिएयता कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी विपति थरुनी (६०) डेलुवा बुन्नमा व्यस्त छिन् । जवान नातिनीको विवाहमा सगुनको रूपमा प्रदान गर्न उनी डेलुवा बुन्नमा जुटेकी छन् ।
उनी मात्रै होइनन्, उनकी बुहारी वनस्पति थरुनी पनि भात भान्साको काम सकिएलगत्तै ढकिया र डेलुवा बुन्नमा जुटिहाल्छिन् ।
‘रोपाइँपछि हामी फर्सदिलो हुन्छौं । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौं,’ वनस्पतिले भनिन्, ‘घर बाहिर जाउँ भने कोरोना सोरोना रोग लाग्ने भन्छन् । घरमै हरचाली (फुर्सदको काम) गर्न नै ठीक लाग्छ ।’
जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु जातिमा प्रायः विवाह, औपचारिक कार्यक्रममा सजावटी तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुन्छ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नको लागि प्रयोग गर्नलाई बनाइन्छ । यी घरायसी सामग्री बुन्न सीपसँगै मेहनत उत्तिकै जरुरी गर्नुपर्छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया