
लोकान्तर
राेपाइँ सकिएयता कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी विपति थरुनी (६०) डेलुवा बुन्नमा व्यस्त छिन् । जवान नातिनीको विवाहमा सगुनको रूपमा प्रदान गर्न उनी डेलुवा बुन्नमा जुटेकी छन् ।
उनी मात्रै होइनन्, उनकी बुहारी वनस्पति थरुनी पनि भात भान्साको काम सकिएलगत्तै ढकिया र डेलुवा बुन्नमा जुटिहाल्छिन् ।
‘रोपाइँपछि हामी फर्सदिलो हुन्छौं । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौं,’ वनस्पतिले भनिन्, ‘घर बाहिर जाउँ भने कोरोना सोरोना रोग लाग्ने भन्छन् । घरमै हरचाली (फुर्सदको काम) गर्न नै ठीक लाग्छ ।’
जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु जातिमा प्रायः विवाह, औपचारिक कार्यक्रममा सजावटी तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुन्छ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नको लागि प्रयोग गर्नलाई बनाइन्छ । यी घरायसी सामग्री बुन्न सीपसँगै मेहनत उत्तिकै जरुरी गर्नुपर्छ ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया