कोरोनाले फेरेको दिनचर्या: सह-प्राध्यापक बने मासु पसले

देखापढी

कैलाली

कोरोना भाइरसको महामारीले विश्वमा उथलपुथल सिर्जना गरेको छ।

मानिसहरूको जनजीवन १८० डिग्री परिवर्तन भएको छ। दशौं करोडले रोजगारी गुमाइसकेका छन् भने कैयौं व्यवसायहरू धरासायी बनेका छन्। 

विश्वव्यापीरूपमा साढे दुई करोड हाराहारीका मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। यसबाटै मर्नेको संख्या साढे आठ लाख पुग्न लागिसकेको छ। 

अचानक सम्पूर्ण मानवजातिका लागि एउटा ठूलो दुर्दशाका रूपमा आठ महिनाअघि चीनको वुहानबाट सुरू भएको कोरोना भेलले पूरा विश्व तहस-नहस पारिसकेको छ। अर्थतन्त्र चौपट छ। शिक्षा र स्वास्थ्यको अवस्था दयनीय भइसकेको छ। सामाजिक प्राणी समाजबाटै ‘आइसोलेसन’मा पुगेको छ। 

प्रकाशित मिति: : 2020-08-29 16:14:54

प्रतिकृया दिनुहोस्