बुधबार, १३ अगस्ट २०२५

सगरमाथाको 'वास्तविक उचाइ' यकिन, कहिले होला सार्वजनिक?

News Image
• • •

नेपालले स्थलगत मापन गरेर पहिलोपटक आफैँले सगरमाथाको 'वास्तविक उचाइ यकिन गरिसकेको' अधिकारीहरूले बताएका छन्।

तर त्यससम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको र 'प्रक्रिया पूरा गरेर चाँडै सार्वजनिक गरिने' उनीहरूको भनाइ छ।

बीबीसीले कुराकानी गरेका केही उच्च सरकारी अधिकारीले चाँडै नै 'नेपाल र चीनका उच्च पदका नेता'ले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने तयारी भइरहेको बताए।

उनीहरूले औपचारिक रूपमा बीबीसीलाई त्यसबारे जानकारी दिन अस्वीकार गरे।

मंगलबार, भाद्र १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!