बुधबार, १३ अगस्ट २०२५

बेलायतको बर्मिङ्घममा फेरि मध्यरातमा चक्कु प्रहार

बिएल संवाददाता

बिएल संवाददाता

बर्मिङ्घम
News Image
• • •

बेलायतको बर्मिङ्घममा शनिबार मध्यरात चक्कु प्रहारको घटना फेरि दोहरिएको छ। गत जुनमा चक्कु प्रहारको घटनामा ६ जनाको निधन भएको थियो। 

वेस्ट मिडल्याण्ड प्रहरीका अनुसार चक्कु प्रहारको घटना बर्मिङ्घम शहरमा भएको थियो। शहरको विभिन्न स्थानमा भएको चक्कु प्रहारको घटनामा थुप्रै घाइते भएपनि प्रहरीले सबै जानकारी बाहिर ल्याएको छैन।

 ‘केही घाइतेको उद्दार गरिएको छ। तर, कति जनामाथि चक्कु प्रहार भएको छ, त्यसको जानकारी लिँदै छौं,’ वेस्ट मिडल्याण्ड प्रहरीले भनेको छ, ‘अपराधीको खोजी भइरहेको छ। के कारणले घटना भएको हो, यसको पनि खोजी भइरहेको छ।’

प्रहरीले घटनास्थललाई चारैतर्फबाट घेरेको छ र यहाँको बाटो पनि बन्द गरेको छ। गत जुन २० मा रिडिङ शहरमा तीन जना मानिसमाथि चक्कु प्रहार गरेर हत्या गरिएको थियो। 

प्रहरीले यसलाई आतंकवादी घटना घोषित गरेको थियो। २५ जुनमा पनि स्टकल्याण्डको ग्लास्गो शहरमा तीन जनामाथि चक्कु प्रहार गरेर हत्या गरिएको थियो। यो घटनामा प्रहरीले अपराधीलाई मारेको थियो।

आइतबार, भाद्र २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)