हिमालयन म्यूजिक एकेडेमीले अनलाइन टयालेन्ट शो गर्ने

हिमालयन म्यूजिक एकेडेमीले अनलाइन टयालेन्ट शो गर्ने भएको छ।

एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरका अनुसार प्रतियोगितामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगितामा सहभागिता जनाउन १८ सेप्टेम्बर भित्र रजिष्ट्रेसन गरिसक्नुपर्ने र प्रतियोगीतामा सहभागिता जनाउने प्रतिस्पर्धीहरुले भिडियो वा अडियो सामाग्री २ देखि ५ मिनेटसम्मको हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धा प्रथम हुनेलाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर पुरस्कार दिइनेछ ।

नोभेम्भर २१ तारिखमा सम्पन्न हुने प्रतिस्पर्धाको जजका रुपमा लोकप्रिय नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलुगं र गोपी दाहाल रहेका छन् । त्यस्तै जुरीका रुपमा कान्छीमाया सुब्बा र सन्तोष रामदाम रहेका छन् ।

अहिले तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति: : 2020-09-18 13:16:54

प्रतिकृया दिनुहोस्