मङ्गलबार, १२ अगस्ट २०२५

धरानमा कर तथा राजस्व भुक्तानी अब अनलाइनबाटै

News Image
• • •

धरान उपमहानगरपालिकाले अनलाइनबाट कर भुक्तानी सेवा सुरु गरेको छ।  अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजस्व तिर्न सकिने भएको छ ।

उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाका अनुसार यो प्रणाली नेपालमै पहिलोपटक धरान उपमहानगरपालिकाले लागू गरेको हो। 

उपमहानगरमा जनता आफैँ उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गरी असोज १ देखि  अनलाइन सेवा सुरु गरिएको अधिकृत खतिवडाले जानकारी दिए  

मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीको घरजग्गाको कर अनलाइनमार्फत तिरेर औपचारिक रूपमा सुरुवात गरिएको थियो। 

सेवा लिनका लागि कर प्रणालीमा ‘पब्लिक र कोर पोर्टल’ गरी दुई प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टल प्रयोग गरेर सेवाग्राहीले सेवा लिन सक्ने जनाइएको छ 

शुक्रबार, आश्विन ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)