आईजीपी सा’प ! हाकिमको छुद्र बोली सुनेका प्रहरीको व्यवहार कागजी फर्मानले सुध्रिएला ?

लोकान्तर

काठमाडौँ

गगन अर्याल

गत असार २५ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएपछि शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा दीर्घकालीन सुधारका काम गरिरहेका छन् । प्रहरीबाट संयुक्त राष्ट्रसंघीय (यूएन) मिसन जाने प्रहरीको छनोट सम्बन्धी ‘यूएन फम्ड पुलिस युनिट छनौट मापदण्ड, २०७७’ हालै जारी भयो ।

त्यसपछि भदौ २८ गते आईजीपी क्षेत्रीले ‘नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश–२०७७’ जारी गरे । आचारसंहिताको उद्देश्य र प्रावधानहरू राम्रा भए पनि यसको प्रभावकारी कार्यान्वयनमाथि शंका गर्न थालिएको छ ।

प्रहरी संगठनको मर्म विपरीत कतिपय ठाउँमा प्रहरी कर्मचारीले सर्वसाधारणप्रति छुद्र व्यवहार देखाउने गरेका छन् । आचारसंहिताको पहिलो बुँदामै लेखिएको छ, ‘प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रूपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान व्यवहार गर्ने, प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने ।’ प्रहरीका लागि तोकिएको यो अनिवार्य शर्त कार्यक्षेत्रमा खटिएका प्रहरीमा देखिँदैन ।

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको ३ वटा तस्वीरले केही प्रहरी कर्मचारीको छुद्र र अमर्यादित शैली उदांगो पारेको छ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आन्दोलन गर्ने आन्दोलनकारीमाथि प्रहरीले गरेको व्यवहार र एक महिलामाथि प्रहरीले काठमाडौंको ट्रमा सेन्टरमा गरेको व्यवहारले प्रहरी आलोचित भइरहेको छ । प्रहरी संगठनकै साख गिर्ने गरी व्यवहार प्रदर्शन गर्ने प्रहरीसम्म आचारसंहिताको शिक्षा पुगिसकेको थिएन कि आचारसंहितालाई मनन् गर्न सकेका थिएनन् ? 

प्रकाशित मिति: : 2020-09-22 16:38:18

प्रतिकृया दिनुहोस्