
बिएल संवाददाता
यस वर्षकाे ‘ग्लोबल गोल प्रोगेस’ अवार्ड सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक वाेनिता शर्माले जितेकी छिन्।
वाेनिताले अवार्डसँगै दस हजार अमेरिकी डलर पुरस्कार पनि पाउन सफल भएकी छिन्।
अन्तर्राष्ट्रिय संस्था ‘द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ अन्तर्गत सुरू भएको ग्लोबल गोल अवार्ड कार्यक्रम हरेक वर्ष आयोजना हुन्छ। जहाँ स्वास्थ्य र विकासको लागि महत्वपूर्ण काम गरिरहेका विश्वभरका व्यक्तिलाई पहिचान गरी पुरस्कार दिइन्छ।
संस्थाले ‘ग्लोबल गोलकिपर अवार्ड’, ‘चेन्जमेकर अवार्ड’, ‘प्रोगेस अवार्ड’ र ‘क्याम्पेन अवार्ड’ गरी चार विशेष अवार्ड वितरण गर्छ। यी अवार्ड विश्वभरका चार जना अभियन्तालाई दिइन्छ र पुरस्कृत व्यक्तिलाई ‘द गोलकिपर’ नामले सम्मान गरिन्छ।
यो वर्षको अवार्ड नेपाल, अफ्रिका, भारत र नाइजेरियाका संस्था तथा अभियन्ताले जितेका हुन्।
‘अन्तर्राष्ट्रिय संस्थाबाट अवार्ड पाएको खबर पाउँदा निकै खुसी छु,’ उनले भनिन्, ‘सुरूमा त विश्वास नै लागेको थिएन। संस्थाको आधिकारिक चिठी देखेपछि सपना जस्तो लागिरहेको थियो।’
वाेनिता बीबीसीले सार्वजनिक गरेको संसारका १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूची (सन् २०१९) मा परेकी नेपाली युवती हुन्।
उनले नेतृत्व गरेको संस्था– ‘‘सोचाई’’ ले महिला र बालबालिकाको पोषण र स्वास्थ्य सुधारको क्षेत्रमा काम गर्छ। महिला सशक्तीकरणका लागि काम गर्छ।
आठ महिनाअघि उनले एक सय देशका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिनेर ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार जितेकी थिइन्, जसको राशी ५० हजार अमेरिकी डलर थियो। यस प्रतियोगितामा विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो।
वाेनिताले नेतृत्व गरेको संस्था– ‘सोचाई’ले प्रवर्द्धन गरेको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज–२०१६ पुरस्कार पाएको थियो ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया