कोरोना अपडेटः १४९७ थप संक्रमित, मृतक थप १७ जना, डिस्चार्ज ४५७ (भिडियो)

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४४९ परीक्षणमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६९ हजार नाघेको छ। आजसम्म ६९ हजार ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १८ हजार ४ सय ३७ सक्रिय संक्रमित रहेका छन् ।

संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना छन् भने ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म निको हुनेको संख्या ५० हजार नाघेको छ। यो सँगै निको हुनेको संख्या ५० हजार ४११ जना पुगेको मन्त्रालयको तथ्यांक छ।

देशभर ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा छन् ।

यस्तै पछिल्लो २४ घन्टामा १७ जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म ४५३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-24 16:25:47

प्रतिकृया दिनुहोस्