मङ्गलबार, १२ अगस्ट २०२५

३० दिनमा कोरोनालाई जिते नेपालका पहिलो पदक जित्ने खेलाडीले

News Image
• • •

नेपालका पहिलो पदक विजेता खेलाडी जितबहादुर केसीले एक महिनाभित्र कोरोनालाई पनि जितेका छन्। 

उनी कोरोना मुक्त भएको छोरा मदन कुमार केसीले जानकारी दिए। जितबहादुरलाई भदौ १६ मा कारोनाको संक्रमण भएको थियो। ७३ वर्षीय पूर्व म्याराथन धावकले कोरोनालाई जितेपछि परिवारमा खुसीको वातावरण छाएको छ। छोरा मदनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘बुवाको कोरोना रिपोर्ट आज नेगेटिभ आयो। सहयोग र केयर गर्नु हुने साथीभाई, छिमेकी र खेलकूद कम्युनिटीलाई धेरै धेरै धन्यबाद।’

जितबहादुरले सन् १९७३ को एशियन एथलेटिक्स च्याम्पियनशीपमा नेपाललाई कास्य दिलाएका थिए। यो कुनै पनि नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो पदक हो। उनी सन् १९७२ को म्युनिख ओलम्पिकमा पनि सहभागी थिए।

बिहिबार, आश्विन १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)