पञ्‍चले गाउँघरमै जबरजस्ती मिलाउँछन् बलात्कारका घटना ! पञ्‍चविरुद्ध ‘अपरेसन’मा प्रहरी

बाह्रखरी

काठमाडौं

काठमाडौं । सप्तरी डाक्नेश्‍वरी ७ की संगीता मण्डल भदौ २९ गते घाँस काट्न गएका बेला गाउँकै दुई जनाबाट बलात्कृत भइन् । स्थानीय १८ वर्षीय रञ्‍जित मण्डल र १९ वर्षीय बब्लु मण्डलले संगीतामाथि बलात्कार गरे ।

संगीता न्याय चाहन्थिन् । तर बलात्कारीलाई कानुनी दायरामा ल्याउनुको साटो पञ्‍चहरुले गाउँमै पीडितकी आमालाई २५ हजार रुपैयाँ दिने भन्दै फैसला सुनाए । संगीताले सोही राति घरभित्रै झुन्‍डिएर आत्महत्या गरिन् । घटनामा जबरजस्ती मिलापत्र गर्ने पञ्‍च र बलात्कारमा संग्लनलाई प्रहरीले पक्राउ गर्‍यो । संगीताले आत्महत्या गरेपछि घटना बाहिर आयो । प्रहरीले ७२ घण्टाभित्र अभियुक्तलाई पक्राउ गर्‍यो । यस्तै सिरहाको विष्णुपुर १ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिहंले गाउँकै १६ वर्षीया किशोरीलाई असोज १२ गते बलात्कार गरे । प्रहरीमा दर्ता हुनुपर्ने बलात्कारको मुद्दा पञ्‍चायतीले गाउँमै मिल्न दबाब दिए । पाँच लाखमा बलात्कार घटनाको मिलापत्र गराएको लिखित तमसुकसहित पीडक र आठजना पञ्‍चहरुलाई प्रहरीले पक्राउ गर्‍यो ।

प्रकाशित मिति: : 2020-10-06 10:55:08

प्रतिकृया दिनुहोस्