बिएल संवाददाता
महोत्तरी जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिकाले कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको छ । बुधबार सम्पन्न सम्सी गाउँपालिकाको पाँचौँ गाउँसभाले ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नबालीको भण्डार’ भन्ने मुख्य नारा पारित गर्दै कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको हो ।
सम्पन्न गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ का लागि रु ४६ करोड २३ लाख ३९ हजार ५४० को बजेट पारित गरेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, प्रदेश सरकारबाट वित्तीय समानीकरण र सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, बहुक्षेत्रीय पोषण कार्यक्रम, आन्तरिक स्रोत परिचालन र गत वर्षको मौज्दातसहित शीर्षकमा गरी गाउँसभाले अनुमानित बजेट पारित गरेको हो ।
विभिन्न शीर्षकमा खर्च गर्ने गरी पारित कूल आयमध्ये कृषिलाई उच्च प्राथमिकतामा राखेर चालू खर्च ४० प्रतिशत र पूँजीगत खर्च ६० प्रतिशत विनियोजन गरिएको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुखले जानकारी दिए। लामो समयसम्म राजनीतिक खिचातानी र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच असमझदारी बढ्दा गाउँपालिकाको सबैजसो काम रोकिँदै आएको थियो । अब सबै पक्षबीच उच्चतम राजनीतिक समझदारी तथा जनप्रतिनिधि र कार्यालयबीच समन्वय गरेर गाउँसभाको सङ्कल्प पूरा गरिने अध्यक्ष फारुखको भनाइ छ ।
“हाम्रो पहिचान र बिशिष्टता कृषिमै खोज्नेछौँ, हाम्रा प्रयत्न सबै कृषिका लागि समर्पित हुनेछन्”, गाउँसभा सम्पन्न भएपछि अध्यक्ष फारुखले उत्साहित हुँदै भने, “हाम्रा गाउँबस्ती अब अन्नबालीको भण्डार र दूध तथा मासुजन्य आहारको मुख्य थलो बन्नेछन् ।” भारतसँग आवतजावत र व्यापारिक कारोवारको पनि जिल्लाकै मुख्य नाकामध्ये नै मानिने सम्सी यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले गाँजेको ठाउँ हो । जिल्लामा हालसम्मका कूल सङ्क्रमित एक हजार ६०३ मध्ये ३०० भन्दा माथि सम्सी गाउँपालिकाभित्रकै रहेको पुष्टि भएको छ । रासस
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया