बिएल संवाददाता
हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. सिमरा बाराले १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको हो।
कोरोना भाइरसको महामारीका कारण सदाझै साधारणसभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचनाका आधारमा संस्थाले “महामारीमा साधारणसभा सञ्चालनसम्वन्धी कार्यविधि” निर्माण गरी समापन गरेको हो।
संस्थाले हाल ३५०० जना शेयर सदस्यहरको माझमा ५० करोड रुपैयाँ बराबरको कारोबार गर्दैआएको छ।
उक्त संस्थाले आ.व. २०७६/०७७ मा २ करोड ३१ लाख ४४ हजार रुपैयाँ (करपूर्व) नाफा गरेको छ, जसबाट आफ्ना सदस्यहरुलाई सहकारी ऐनले तोकेको अधिकतम १८ प्रतिशत शेयर-लाभांश बितरणको घोषणा गरेको व्यवस्थापक महेशप्रसाद ढुङ्गेलले जानकारी दिए।
साथै, कारोवारका आधारमा असल ऋणीहरुलाई उनीहरुले तिरेको ब्याजको ४.१८ प्रतिशत तथा बचत कर्ताहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४.८२ प्रतिशत रकम संरक्षित पूजी फिर्ता कोषबाट बितरण गर्नेसमेत निर्णय गरेको पनि उनले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया