लामो सस्पेन्सपछि बलिउडकी सफल पाश्र्व गायिका नेहा कक्कडले अन्तत: आज बिहे गर्दैछन्।
उनले गायक रोहन प्रित सिंहसँग बिहे गर्न लागेकी हुन्।
नेहा र रोहनले दिल्लीमा बिहे गर्दैछन्। ‘चलो नेहु प्रित कि वेडिङ’। उनीहरूले केही समयअघि कुरा छिनेका थिए।
उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको थियाे।
नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए।
नेहाको यसअघि पनि थुप्रै केटाहरूसँग अफेयर थियो। उनको बिहेलाई लिएर चर्चा चलिरहन्थ्यो।
त्यसैले उनको बिहेलाई लिएर संसय थियो। तर, बिहेका लागि रोहन र उनको परिवार बिहिबार मुम्बईबाट दिल्ली पुगेका थिए।
उनी पनि बहिनी सोनु कक्कड, भाई टोनी कक्कड र परिवारका अन्य सदस्यसँग मुम्बईबाट दिल्ली पुगेकी थिइन्।
दिल्लीमा नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो।
नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन्।
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया