
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनामा ड्रग्सलाई लिएर छावनीन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्री दीपिका पादुकोणको मेनेजरको घरबाट ड्रग्स बरामद गरेको छ।
दीपिकाकी मेनेजर करिश्मा प्रकाश घरबाट फरार छिन भने उनको घरमा मंगलबार एनसीबीले छापा हानेको थियो।
जसमा ड्रग्स फेला परेको थियो। उनलाई पुनः सोधपुछका लागि एनसीबीले पत्र पठाएपनि कुनै जवाफ नआएपछि घरमा सूचना टाँसिएको छ।
करिश्माको फोनबाट गत महिना एनसीबीले दीपिकाले ड्रग्सको माग गरिरहेको च्याट फेला पारेको थियो। दीपिकालाई एनसीबीले एकपल्ट सोधपुछका लागि बोलाइसकेको छ। उनको दुईवटा मोबाईल पनि जफत गरिएको छ।
एनसीबीले करिश्मासँग पनि दुईपल्ट सोधपुछ गरिसकेको छ। एकपल्ट त दीपिका र उनलाई सँगै राखेर पनि सोधपुछ गरिएको थियो।
एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले भने, ‘हामीले करिश्माको छिमेकी, अफिस, परिचितलाई पनि यो सूचना दिइसकेका छौं।’
दीपिका र करिश्माबीच २०१७ को २८ अक्टुबरमा ड्रग्सको मागलाई लिएर भएको कुराकानी बाहिर आएको थियो।
दीपिकाको मेनेजरको रूपमा काम गर्ने करिश्मा प्रकास पनि विवादास्पद ‘क्वान’ नामको एक सेलिब्रिटी मेनेजमेन्ट कम्पनीमा काम गर्छिन।
यो कम्पनीले ४० भन्दा बढी बलिउड सेलिब्रिटीको मेनेजमेन्ट कम्पनीको काम गर्छ।
यही कम्पनीकी प्रमुख जया शाहलाई पनि एनसीबीले सोधपुछ गरिसकेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया