पोखरा र सिरहामा थप दुई कोरोना संक्रमितको मृत्यु

पोखरा र सिरहामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

बाग्लुङ गल्कोट नगरपालिका ३ का ७२ वर्षीय वृद्ध र सुखीपुर नगरपालिका ८ का ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो।

गल्कोटका वृद्धको उपचारको क्रममा हिजाे साँझ ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  भर्ना गरिएको थियो। कार्तिक ७ गते उनलाई कोरोना पुष्टि भएको थियो।

आईसियुमा राखेर उपचार भइहरेको उनको मृत्यु भएको हो।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण भएका मानिसको मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ।

यता सिरहा वृद्धको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

एक्कासि ज्वरो र रुघाखोकी लागेर श्वास लिन गाह्रो भएपछि वृद्धलाई कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । 

सोही दिन स्वाब लिइएको उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

रिपोर्ट पोजिटिभ आएपछि प्रादेशिक अस्पतालको ओइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी दमका रोगीसमेत थिए ।

योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
 

प्रकाशित मिति: : 2020-10-30 12:39:00

प्रतिकृया दिनुहोस्