बिएल संवाददाता
बैतडीमा साहु आफैँले चलाएकाे बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्।
बिहीबार राति १० बजेतिर दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पे नजिकै ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना भएको हो।
बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको बस भीरबाट ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।
मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको शव बसमै रहेकाे छ।
उनीहरुकाे सनाखत हुन बाँकी छ।
दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको डिएसपी अधिकारीले बताए। बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीयबासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएकाे डिएसपी अधिकारीले जानकारी दिए।
दुर्घटना बारे थप अनुसन्धान हुँदैछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया