साइनबोर्डमा सीमित ‘प्रादेशिक प्रयोगशाला’लाई लयमा ल्याउँदै कोरोना, अन्य परीक्षण अझै शुरू भएन !

लोकान्तर

काठमाडाै‌

एक वर्षअघि जनकपुरमा प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको थियो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत २०७६ कात्तिक १ गते उक्त प्रयोगशालाको स्थापना गरिएको थियो । स्वास्थ्य कार्यालय धनुषाको दुईवटा कोठाबाट शुरू गरिएको उक्त प्रयोगशालाले स्थापनाको केही महिनासम्म आफ्नो कार्यालयको साइन बोर्ड समेत लगाउन सकेको थिएन ।

जसोतसो स्वास्थ्य कार्यालयको साइन बोर्ड सँगै प्रयोगशालाले आफ्नो साइन बोर्ड त झुन्ड्यायो, तर प्रयोगशाला भने सञ्चालन गर्न सकेको थिएन ।प्रयोगशाला सञ्चालनका लागि चाहिने कोठा, उपकरण, जनशक्ति तथा भौतिक पूर्वाधारको अभावले प्रयोगशाला साइन बोर्डमा मात्र सीमित हुन बाध्य भएको थियो । 

प्रकाशित मिति: : 2020-11-17 10:07:00

प्रतिकृया दिनुहोस्