शनिबार, १६ अगस्ट २०२५

चर्चित बंगाली अभिनेता सौमित्र चटर्जीको निधन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

चर्चित बंगाली अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा कोलकातामा निधन भएको छ। एक महिनाअघि कोरोना संक्रमणसँग लडेका सौमित्रको आइतबार निधन भएको भारतीय अखबारले बताएका छन्। 

उनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ केवडाताल घाटमा अन्तिम संस्कार गरिएको थियो। उनको अन्तिम संस्कारमा मुख्यमन्त्री ममता बनर्जी, मुख्य सचिव अलापन बन्दोपाध्यायसमेत प्रदेशका केही मन्त्री समावेश थिए। 

सौमित्र ६ अक्टुबरमा अस्पताल भर्ना भएका थिए। ७ अक्टुबरमा उनको कोरोना पोजेटिभ देखिएको थियो। उ

नी गत सेप्टेम्बरमा एउटा शृंखलाको सुटिङमा समावेश भएका थिए। उनी परमब्रत चट्टोपाध्यायको फिल्म ‘अभिज्ञान’ को सुटिङमा व्यस्त थिए। उनी बायोपिक र डकुमेन्ट्रीमा पनि कार्यरत थिए। 

ओस्कार विजेता निर्देशक सत्यजीत रेसँग सौमित्रको राम्रो सम्बन्ध थियो। दुबैले मिलेर १४ फिल्ममा काम गरेका थिए। 

अपुर संसार, देवी, तीन कन्या, अभिजन, चारुलता, कुपुरुष, अरंयेर दिन रात्री, अशनी संकेत, सोनार केला, जोय बाबा फेलुनाथ, हीरक राजार देशे, घरे बैरे, गणशत्रु र शाखा प्रोशाखा जस्ता चर्चित बंगाली फिल्ममा उनी र सत्यजीतको जोडी जमेको थियो। 

चटर्जीले करिब सय फिल्ममा काम गरेका थिए। उनले दुई हिन्दी फिल्म निरुपमा र हिन्दुस्तानी सिपाहीमा पनि काम गरेका थिए। उनले ‘स्त्रीका पत्र’ नामक फिल्ममा निर्देशन गर्न पनि भ्याएका थिए।  

सौमित्रको निधनमा राष्ट्रपति रामनाथ कोबिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका थिए।

मंगलबार, मंसिर ०९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)