
बिएल संवाददाता
विश्व हिन्दू युवा संघका प्रवक्ता अनुराग शाहले सर्वदलीय बैठक तथा गोलमेच सम्मेलनबाट नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्न प्रस्ताव गरेका छन्।
एक वक्तव्य जारी गर्दै शाहले यस्ताे बताएका हुन्।
‘अहिले हिन्दू राष्ट्र घोषणा गर्ने कि भोलि हिन्दू राष्ट्रसँगै प्रतिगमन शासन व्यवस्था स्वीकार गर्ने हामी दलमा आवद्ध सबैले सोच्न जरुरी छ,’ प्रवक्ता शाहले वक्तव्यमा भनेका छन्।
उनले बिगत केही समय अघिदेखि सडकमा भएको प्रदर्शन राजसंस्थाका लागि भन्दा पनि हिन्दू राष्ट्र कायम गर्नका लागि भएको जिकिर गरे।
शाहले हिन्दू राष्ट्र कायम गर्न ढिलो गरे भोलि प्रतिगमन शक्तिको शासन नेपाली बेहोर्नु पर्ने चेतावनीसमेत दिएका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया