मङ्गलबार, १२ अगस्ट २०२५

नेकपा सचेतक शान्ता चौधरीको आरोप– ‘सभामुखले संसदीय व्यवस्था स्वीकार्न सकेनन्’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले सभामुख अग्नि सापकोटालाई सार्वजनिक रुपमै आलोचना गरेकी छिन् । 

नेकपा अध्यक्ष प्रचण्डको असन्तुष्टिपछि सभामुख संवैधानिक परिषद् बैठकमा नगएकोमा उनले विरोध गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सभामुख सापकोटाले संसदीय व्यवस्थालाई आत्मसात गर्न नसकेको आरोप लगाएकी हुन् ।

 उनले भनेकी छिन्, ‘संसदीय व्यवस्था नमान्ने हो भने यो सिस्टम स्वीकार्न नै हुँदैनथ्यो, यो व्यवस्थामा आउन पनि हुँदैनथ्यो र सभामुख बन्न पनि हुँदैनथ्यो, होइन भने प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख जानै पर्थ्यो , नगएर गल्ती गर्नु भयो । प्रधानमन्त्री त जो पनि हुन सक्ला तर संविधान भन्दा माथि रहि नियम र प्रक्रिया विपरीत सभामुख चल्न मिल्दैन ।’

मंगलबार, मंसिर ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)