नयाँ वर्षको सुरु मै चुरोट पिउन छोड्दै अमाल मल्लिक

सङ्गीत कम्पोजर अमाल मल्लिकले नयाँ वर्ष २०२१ को सुरु मै चुरोट पिउन छोड्ने बताएका छन्।

परिवारका सदस्यहरुले धेरै लामो समयदेखि यो दुर्व्यसन छोड्न गरेको आग्रहलाई सम्मान गर्दै आफूले यो फैसला गरेको उनले आइएएनएसलाई बताए। 

गएको वर्ष जस्तो पीडादायक अनुभूती अब भोग्न नपरोस् भन्दै उनले भने,‘सबै खराब सम्झनाहरुलाई गुडबाइ गर्नु नै बुद्दिमानी हो।’ 

१६ जुन १९९१ को दिन जन्मेका मल्लिक बरिष्ठ सङ्गीतकार स्व सरदार मल्लिकका नाति, सङ्गीतकार डब्बु मल्लिकका छोरा र सङ्गीतकार अनु मल्लिकका भतिजा हुन्। 

आठ वर्षको उमेरदेखि नै सङ्गीत सिक्न सुरु गरेका मल्लिकले संगीतबद्द गरेका केही चर्चित गीतहरुमा हुवा हे पहली बार (सनम रे), ओ खुदा (हिरो), घर से निकलते ही (घर से निकलते ही) आदि हुन्।

फिल्म फेयर, जी म्युजिक, मिर्ची सङ्गीत जस्ता प्रख्यात पुरस्कार प्राप्त गरिसकेका सङ्गीतकार मल्लिक आफूलाई सिकारु मान्छन्।

प्रकाशित मिति: : 2021-01-01 11:25:00

प्रतिकृया दिनुहोस्