‘प्रतिनिधिसभा विघटनको विरोध गर्दै चुनाव लड्ने तयारीमा छ कांग्रेस’

सरकारले मध्यावधि निर्वाचन घोषणा गरेको छ । कांग्रेस संगठनात्मक रुपमा राम्रो छ। यस्तो अवस्थामा कांग्रेस निर्वाचनमा जाँदा उसको स्वास्थ्यको हिसाबले राम्रो पनि होला। तर, नेकपामा जस्तै त्यहाँ पनि दुई धार छ भन्ने कुरा सत्य होइन। 

कांग्रेसमा दुई धार छैन। एउटै धार छ। अहिले यो सरकारले असंवैधानिक तरिकाले चुनाव घोषणा गर्‍यो। त्यसैले यो चुनावमा एकपक्षले जानुहुँदैन भनेको छ । एउटा पक्षले जानुपर्छ भनेको मात्रै हो। 

सरकारले असंवैधानिक तरिकाले जुन रुपमा प्रतनिधिसभा विघटन गर्‍यो, त्यसको बचाउका लागि र संविधानको रक्षाका लागि कांग्रेसले गरेको हो। घोषणा गरेको मिति बैशाख १७ र २७ गते चुनाव भएन भने के हुन्छ ? यस कारण संविधानको रक्षा र संविधान बचाउनको लागि संविधानको पालनाको लागि काँग्रेस लागेको हो।
 
चुनावमा कांग्रेस सहभागी हुन्छ। त्यस कारण चुनावमा जान हुने वा जान नहुने भन्ने केही छैन। फरक यति मात्रै हो कि यो संवैधानिक व्यवस्था हो कि होइन भन्ने मात्रै प्रश्न हो। त्यस कारण सर्वोच्च अदालतमा जुन खालको बहस भइरहेको छ, यहाँबाट जुन निर्णय हुन्छ । त्यो कांग्रेसले मान्ने छ। 

व्यक्ति के गर्छ भन्नुभन्दा पार्टीले जुन निर्णय गर्छ। त्यो कार्यकर्ताले मान्न तयार हुनुपर्छ, त्यस कारण हामी कांग्रेस संवैधानिक ‘कू’ भयो, गैरसंवैधानिक तरिकाबाट संसद् विघटन भयो। सरकारको कदम गैरसंवैधानिक हो भन्ने कांग्रेसको पहिलो मान्यता नै हो। 

दोस्रो, कुरा निर्वाचन भयो भने हामी भाग्दैनौँ। निर्वाचनमा भाग लिन्छ छौँ। हामीले वडा–वडासम्म एकखालको आन्दोलनको घोषणा गरेका छौं । हामीले यो आन्दोलनलाई विरोधसभा भनेका छौँ। हामीले आन्दोलनबाट भन्छौँ– चुनाव हुने भयो भने चुनाव लड्न पनि तयार हुनुपर्छ ।

सरकारले गरेका भ्रष्टार, गैरसंवैधानिक प्रतिनिधिसभा बिघटन नेपाली जनतालाई वडासम्म सुनाउँदै एक कार्यक्रम कार्यक्रम यी कार्यक्रम सुनिश्चित गर्नुपर्छ। यो सरकारले गरेको गतिविधिको बारेमा त्यहाको वडा तहसम्म् पुर्‍याउनुपर्छ भनेर कार्यक्रम गरिरहेका छौं। नेकपाभित्र यो संविधान कार्यान्वयनको निम्ति जुन रुपमा एकता हुनुका साथै, देशको समृद्धि देशको विकासका लागि लाग्नुपथ्र्यो– त्यो रुपमा नलागेको अवस्था देखिन्छ। 

नेकपालाई जनताले जुन रूपमा विश्वास गरेका थिए। यो विश्वास नेकपाले पूरा गर्न सकेन। यो कुरालाई हेरेर पनि नेपाली कांग्रेसले आगामी वैशाखमा हुने निर्वाचन बहिष्कार गर्न गर्दैन।

अहिले कांग्रेस नेताहरूबाट फरक–फरक मत आउनु स्वभाविकै हो। तर, निर्वाचनमा जानुपर्‍यो भने हामी सबैसँग सल्लाह गरेर निर्वाचनमा जान्छौँ। अहिले ७७ जिल्ला र ७ सय ५३ निर्वाचन क्षेत्रमा क्रियाशील कामहरु भइरहेका छन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभिन्न पार्टी क्रियाशीलता बढेको छ । कांग्रेस अहिले क्रियाशील सदस्यताको व्यवस्थापन गरिरहेको छ। क्रियाशील सदस्यबारे अहिले कांग्रेसमा समस्या छैन। 

कांग्रेस केन्द्रीय समितिले फागुन महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, यो निर्धारित समयमै गर्न नसक्ने परिस्थितिको सिर्जना भयो। 

पार्टीको विधानअनुसार, चार वर्ष कार्यकाल पूरा भएमा एक वर्ष थप्नसक्ने व्यवस्था गरेको थियो। यो व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप भइसकेको छ। अब ६ महिना थप गर्ने संवैधानिक व्यवस्था छ। त्यस कारण समयावधि थप्न सक्छौँ। 
नेतृत्वमा आउनुपर्ने यो र ऊ भन्नुभन्दा पनि कसरी नेपाली कांग्रेसलाई शुद्धीकरण गर्न सकिन्छ भन्ने रुपमा आम साथीहरुको चासो र चिन्ता हो । 

कांग्रेसको आगामी महाधिवेशन (१४ औँ) ले कांग्रेस लिने अर्थनीति, परराष्ट्रनीति र राजनीतिक प्रभावलगायतका विषयहरुमा नीति निर्माण गर्नेछ। अधिवेशनबाट निर्वाचित हुनेको नेतृत्वले तलदेखि माथिसम्म संगठनको विधिपद्धतिअनुसार अगाडि बढ्ने निर्णय गर्नेछ। संविधानको रक्षा गर्दै अहिलेको व्यवस्थालाई बलियो बनाउनेतर्फ लाग्नुपर्दछ। 

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आम कार्यकर्ताको धारणा छ– संरक्षकको रूपमा बसे हुन्थ्यो। त्यस कारण व्याप्त समस्यालाई व्यवस्थापन गरेर सकेसम्म सबैलाई समेटेर पार्टी चलाउने हो। अहिले यो क्षमता जसले देखाउन सक्छ, ऊ नै कांग्रेसको आगामी नेतृत्वको रुपमा चयन हुनेछ। 

अहिलेको अवस्थामा कांग्रेस मजबुत हुन सकेन भने अहिलेको राजनीतिक व्यवस्था नै खतरामा पर्न सक्छ । त्यस कारण पनि कांग्रेस एक ढिक्का हुनु आवश्यक छ। पार्टीलाई अहिले उर्जाशील बनाउनुपर्छ । 

शेखर कोइरालाले नै पार्टी चलाउ सक्छन् भन्ने रूपमा एउटा खालको वातावरण छ। उहाँले सबै नेताहरुसँग समन्वय गरेर अघि बढ्नुपर्छ । शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह अथवा अरु कोही आगामी कांग्रेस सभापति भन्ने कुरा अहिले नै भन्न सकिँदैन। हाम्रो भनाइ यत्ति हो– पार्टीमा शुद्धीकरण गर्नुपर्छ। नेपाली कांग्रेस कुन बाटोबाट अघि बढ्ने भन्ने मूल प्रश्न हो। 

रोल्पा जिल्लाको सन्दर्भमा वर्षमान पुन लगायतले दशवर्षे माओवादी सशस्त्र द्वन्द्वको सुरुवात रोल्पालीहरुलाई सपना बाँडेर गरेका थिए । तर, त्यो सपना अहिलेसम्म पुरा भएन। वर्षमान पुनको परिवार र अरु केही व्यक्तिहरुको पूरा भएको होलान् । 

हजारौँ रोल्पाली हालसम्म उस्तै छन्। रोल्पाले जुन रूपमा शक्ति आर्जन गर्‍यो, त्यो रोल्पाको विकास, समृद्धिको लागि कतै पनि प्रयोग भएन । केवल वर्षमान पुनकै परिवारले मात्र उपयोग गरे। जनताको विश्वास नेकपाले पूरा गर्न सकेन।

(नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति पुन पूर्वमन्त्री हुन् ।) 

प्रकाशित मिति: : 2021-01-19 17:45:00

प्रतिकृया दिनुहोस्